सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणना सुरू भएको छ। पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १७४ मतले अगाडि छिन्।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन। त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो।

उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्।

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो। मतगणना स्थगित भएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताले मतगणना स्थलमा नाराबाजी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ। अझेपनि एमालेका प्रतिनिधि मतगणना स्थलमा नबसे पनि बाहिर बसेका मतगणनाको अप्रत्यक्ष रुपमा निगरानी गरिराखेका छन्। उक्त क्षेत्रमा अझै १७ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सर्वोच्चको अन्तरिम आदेशपछि बाजेको सेकुवामा लगाइएको ताला खुल्ने
RSS presents provincial plans to Chief Minister Gurung
RSS presents provincial plans to Chief Minister Gurung
Более 18 000 Бесплатных Игр Онлайн-казино Казино Гуру
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री ओली दोहामा
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…