कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • चलचित्र विकास बोर्डले “कथा काठमाडौं”को प्रोमो अश्लील भएको भन्दै युट्युव च्यानलबाट हटाउन पत्राचार गरेको छ ।
  • उक्त चलचित्र असोज १२ गते रिलिज हुँदैछ ।

काठमाडौं, २७ भदौ । चलचित्र विकास बोर्डले “कथा काठमाडौं”को प्रोमो अश्लील भएको भन्दै युट्युव च्यानलबाट हटाउन पत्राचार गरेको छ । उक्त चलचित्र असोज १२ गते रिलिज हुँदैछ ।

“प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाएर सोको लिखित जानकारी दिन आदेश गर्दछु”, बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । पत्रमा निर्माण टीमले प्रोमो नहटाएमा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावलीअनुसार कारवाही गर्ने उल्लेख छ ।

यता बोर्डको पत्रले आफू थप पीडित भएको “कथा काठमाडौं”की निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । “आफ्नो आधिकारिक युट्युवमा आएको कन्टेन्ट चोरी गरेर अरु कसैले प्रयोग गर्छ भने त्यसको जिम्मेवारी चलचित्र युनिटले लिँदैन”, उनले बोर्डको पत्रप्रति आपत्ति जनाउँदै भनिन् “जसको सामान चोरी भएको छ । त्यसलाई नै चोर समातेर ल्याऊ नत्र कारबाही गर्छु भन्न मिल्छ ?”

अपलोड गरिने भिडियोलाई युट्युव आफैँ सेन्सर गर्ने गरेको तर्क अगाडि सार्दै भनिन् “विकास बोर्ड जस्तो मर्यादित संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ ?” मंगलबार साँझ आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठले बोर्डले जुन युट्युव च्यानलको कन्टेनटमा आपत्ति जनाएको हो, त्यो आफ्नो आधिकारिक च्यानल नभएको समेत जानकारी दिइन् ।

“कन्टेन्ट चोरेर अर्कोले हाल्छ । मलाई क्षतिपूर्ति दिलाउनुको सट्टा कारबाही गर्छु भन्न बोर्डले मिल्दैन”, श्रेष्ठको तर्क छ । “कथा काठमाडौं”को आधिकारिक कन्टेन्ट प्रवाह गर्ने युटयुब च्यानल हाइलाइट्स रहेको छ । हाइलाइट्स नेपालमा आएको चलचित्रको कन्टेन्ट अश्लील भिडियोझै निर्माण भएर अर्को कुनै च्यानलमा आएपछि बोर्डले चासो देखाएको हो ।

सञ्चार मन्त्रालयबाटै कारबाही गर्न आदेश पत्र आएपछि बाध्य भएर आफूले पत्र लेखेको बोर्ड अध्यक्ष निकिता पौडेलले बताइन् । “प्रोमो अश्लील भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय हुँदै बोर्डलाई कारबाही गर्नु भन्ने बेहोराको ठाडो पत्र आएको थियो”, पौडेलले भनिन् “युटयुबमा राखिने सामग्रीलाई नियमन गर्ने क्षेत्राधिकार बोर्डसमक्ष छैन ।”

यौन पिपासु चरित्रका रूपमा चलचित्रमा भूमिका निर्वाह गरेका प्रमोद अग्रहरिले प्रियंकाको इच्छाविपरीत उनीसँग सम्बन्ध राखेका दृश्यलाई विम्वात्मक रूपमा चलचित्रमा देखाइएको छ । ती दृश्य त्यही भएको निर्देशक श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली
पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
वर्षाले आलु खेतीमा फाइदा
वर्षाले आलु खेतीमा फाइदा
लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश
लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश
विपिको सम्झनामाः कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
विपिको सम्झनामाः कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
मनाेरञ्जन समाचार : खाना हाेइन, अरु चीज नै खान्थिन् श्रीदेवी
मनाेरञ्जन समाचार : खाना हाेइन, अरु चीज नै खान्थिन् श्रीदेवी

तपाईंले छुटाउनुभयो कि?