विमानस्थल बनाउन ७७ करोडको योजना

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
विमानस्थल बनाउन ७७ करोडको योजना

सारांश

  • प्यूठान ।
  • प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि ७७ करोड रुपियाँ लाग्ने योजना सार्वजनिक गरिएको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो ।

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि ७७ करोड रुपियाँ लाग्ने योजना सार्वजनिक गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६०।७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने मूल्याङ्कनमा समेटिएको छ ।

आयोजना निर्माणका क्रममा ५५।१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २५६ बिरुवा नोक्सान हुने वातावरण प्रभाव मूल्याङ्कन टोलीका प्रमुख डा महेन्द्रनाथ सुवेदीले बताए ।
यस्तै ०।४ हेक्टर आवास लगायतका अन्य संरचनामा स्थायीरुपले असर पुग्ने उहाँले जानकारी दिनुभयो । वातावरण मूल्याङ्कन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजनास्थलका प्रभावित बासिन्दाले उचित क्षतिपूर्तिबिना आफूहरु बस्दै आएको बसोबास नछोड्ने बताए ।
वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमीनको प्रतिरोपनी तीन लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि न्यायोचित नभएको स्थानीयवासीको गुनासो छ ।

जमीन तथा भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चित भएमा मात्रै आफूहरु जन्मथलो छोड्न तयार रहेको स्थानीयवासी भोजराज खड्काले बताउनुभयो । प्रतिरोपनी तीन लाखका दरले क्षतिपूर्तिका लागि रु दुई करोड ७७ लाख पाँच हजार ६२५, पुनर्वास र पुनः स्थापनाका लागि रु तीन करोड ३९ लाख ८१ हजार ११० र क्षति हुन जाने अन्नबालीको रु ६७ हजार ६७७ गरी कूल रु ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
आज राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने
आज राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने
  एउटै स्थानीय तहमा एक वर्षमा रु ५२ करोडभन्दा बढी विप्रेषण
  एउटै स्थानीय तहमा एक वर्षमा रु ५२ करोडभन्दा बढी विप्रेषण
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
प्रधानमन्त्रीको गृहनगर अमरगढी नगरपालिकामा एमालेको जित
प्रधानमन्त्रीको गृहनगर अमरगढी नगरपालिकामा एमालेको जित
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित

तपाईंले छुटाउनुभयो कि?