पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

सारांश

  • काठमाडाैं।
  • पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

काठमाडाैं। पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्। “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भनिन्।

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले  केही दिन मौसम खुला हुने र  फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ। हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ।
 
तराईका भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ। राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
 
बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ। बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम  माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
संचारकर्मी  महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
संचारकर्मी महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?