चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ ।
  • महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो ।

काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ ।

महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो ।

गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत असार १५ गते उक्त अभियान शुरु गरेको थियो । अभियान शुरु गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नियमितरुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने घोषणा गर्नुभएको थियो ।

मन्त्रालयबाट चिकित्सक, स्टाफ नर्स, अनमी र अहेव गरी करिब एकसय जनाको टोली आए पनि गत असार मसान्तबाट उहाँहरुको काज अवधि सकिएकाले हाल सेवा स्थगित गरिएको कामपाका सहप्रवक्ता नवराज ढकालले बताउनुभयो ।
कामपाले वीर अस्पताल र शिक्षक अस्पतालसँग समन्वय गरिरहेकाले आगामी १० दिनभित्रमा पुनः काम सेवा शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एव उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान शुरु गरेको हो ।

काठमाडौँ महानगरमा बसोबास गर्ने कुनै पनि ज्येष्ठ नागरिकले रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर कामपाले सेवा शुरु गरेको पुनः सञ्चालन हुने कामपाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले बताउनुभयो ।

यस अभियानमा पहिलोपटक सम्पूर्ण ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य अवस्था जाँच गर्दै तथ्यांक संकलन गरिनेछ । त्यससँगै ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रासँगै आधारभूत स्वास्थ्य जाँच गर्ने र प्रत्येक चार चार महिनामा नियमितरुपमा पुनः चेक जाँच गर्नेछ ।

महानगरको ३२ वटै वडालाई आठवटा क्षेत्रमा विभाजन गरी उक्त सेवा प्रदान गरिएको थियो । यी प्रत्येक क्षेत्रमा चारजनाको दरले जनशक्ति परिचालन गर्दा दैनिक ३२ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

यस किसिमले थालनी गरेको ज्येष्ठ नागरिक स्वास्थ्य उपचारले उहाँहरुको जीवनयापन उत्साहजनक हुने आशा कामपाले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो
आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड
Prefer Additional Funds? Commence Perform Mail Purchase Marriages Function

तपाईंले छुटाउनुभयो कि?