काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

सारांश

  • काठमाडौँ ।
  • तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ ।
  • वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए ।

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्याङ्कन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए ।

विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो ।

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले बताए ।

अहिले हेडवक्र्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवक्र्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए । पहिलेको जस्तो बनाउन झण्डै रू एक अर्ब लाग्ने देखिएको छ ।

हेडवक्र्स कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए । दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “एडिबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ ।” मेलम्चीको पानी काठमाडौँमा गत मङ्सिरदेखि पुनःवितरणसुरु गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
२०८३ भाद्र १ गते सोमबार: आजको राशिफल
२०८३ भाद्र १ गते सोमबार: आजको राशिफल
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला

तपाईंले छुटाउनुभयो कि?