‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)

सारांश

  • काठमाडौँ, २१ असोज ।
  • दिपेन्द्र के खनाल द्वारा निर्देशित, प्रदिप भारद्वाज द्वारा लिखित तथा माधव वाग्ले र शर्मिला पाण्डेय द्वारा निर्मित चलचित्र ‘चङ्गा चैट’को ट्रेलर सार्वजनिक भएको छ ।
  • काठमाडौँ बासी वेरोजगार युवाहरु र उनीहरुको प्रेम जीवनको वरिपरी कथा घुमेको चलचित्र ‘चङ्गा चैट’को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

काठमाडौँ, २१ असोज । दिपेन्द्र के खनाल द्वारा निर्देशित, प्रदिप भारद्वाज द्वारा लिखित तथा माधव वाग्ले र शर्मिला पाण्डेय द्वारा निर्मित चलचित्र ‘चङ्गा चैट’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ बासी वेरोजगार युवाहरु र उनीहरुको प्रेम जीवनको वरिपरी कथा घुमेको चलचित्र ‘चङ्गा चैट’को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।


कमेडी, रोमान्स र एक्सन मिश्रत चलचित्रमा आयुषमान देशराज श्रेष्ठ जोशी, रविन्द्र झा, प्रियंका कार्की, सन्दिप क्षेत्रीका साथै अर्पन थापा, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, माओत्से गुरुङ, सरिता गिरी र पुष्कर गुरुङको अभिनय रहेको छ ।


चलचित्रमा आयुषमान, सन्दिप र रविन्द्र साथी हुन्छन् भने प्रियंका, परमिता र सुरक्षा उनीहरुका प्रेमीका हुन्छन् । चलचित्रमा काठमाडौँमा डेरा गरेर बसेका युवाहरुले भोग्न परेको समस्या र आर्थिक अभावमा पनि सम्हाल्नु परेको प्रेम सम्बन्धलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ ।

चलचित्र कार्तिक १६ देखि प्रदर्शनमा आउनेछ ।

भिडियाेः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?