दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)

सारांश

  • काठमाडौं ।
  • तपाइँलाई दसैंका लागि च्याङग्रा, खसीबोका चाहिने भए थापाथली जानुपर्नेछ ।
  • नेपाल खाद्य संस्थानले दसैंका लागि आजदेखि खसीबोका बेच्न शुरु गर्दैछ ।

काठमाडौं । तपाइँलाई दसैंका लागि च्याङग्रा, खसीबोका चाहिने भए थापाथली जानुपर्नेछ । नेपाल खाद्य संस्थानले दसैंका लागि आजदेखि खसीबोका बेच्न शुरु गर्दैछ । संस्थानले खसीबोकाको मूल्य तोकेर बेच्ने भएको हो । गतवर्षभन्दा सामान्य मूल्य बढेको छ ।

खाद्य संस्थानका अनुसार जिउँदो खसीबोकाको प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेगरी बेच्न लागेको छ भने च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँ पर्ने भएको छ।

संस्थानका अनुसार तोकिएको मूल्य अनुसार खसीको ५ सय १० र च्याङ्ग्राको ७ सय १० रुपैयाँ प्रतिकिलो हो । उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ।

किलोमा १० रुपैयाँ छुट दिएर बेच्दा उपभोक्ताले खसीबोका प्रतिकिलो पाँच सय र च्याङग्रा सात सय रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले पाउनेछन् । संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बेचेको थियो ।

संस्थानले थापाथली कार्यालयबाट दसैंका लागि काठमाडौमा हजार वटा खसी र १ हजार गोटा च्याङ्ग्रा बिक्री गर्ने तय गरेको छ।

आजदेखि बिक्री शुरु भएको च्याङ्ग्रा र खसीबोका काठमाडौं ल्याइसकेको र ल्याउने क्रममा रहेको बताइएको छ । संस्थानले च्याङ्ग्रा मुस्ताङ लगायत देशका विभिन्न ठाउँबाट ल्याउने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?