म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २७, २०७५
|
|
६१ पटक हेरिएको
Shares
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी

सारांश

  • काठमाडाै, २७ असाेज ।
  • गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ ।
  • अर्का एकजना वेपत्ता छन् ।

काठमाडाै, २७ असाेज । गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।

घटनास्थल धौलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले सिम्रिक एयरको हेलिकोप्टर ल्याण्ड हुन नसकेपछि अब सेनाको हेलिकोप्टरबाट उद्धारको तयारी भएको  बताए।घटनामा परी ८ जनाको ज्यान गएको छ। तीमध्ये ३ जना नेपाली र ५ जना कोरियन नागरिक रहेका छन्। काठमाण्डौंको प्रोजेक्ट ओय नामक एजेन्सीमार्फत आरोहणमा गएको टोलीको नेतृत्व कोरियन नागरिक किम चङ होले गरेका थिए।

आरोहणमा गएका तीन जना भने बाटैबाट फर्किएकोले बाँचेको वडाध्यक्ष ले बताए। घटनास्थलमा भेटिएका शवहरुको पहिचान हुन सकेको छैन। शवहरु कुनै सग्लो र कुनै क्षतविक्षत अवस्थामा भएकोले पहिचान हुन नसकेको उनको भनाई छ। गुर्जा म्याग्दी जिल्लाको सबैभन्दा माथिल्लो गाउँ हो। गुर्जाभन्दा माथि गाउँ छैन, टाउकोभन्दा माथि जिउ छैन भन्ने उखान म्याग्दीतिर प्रख्यात रहेको छ। आरोहणमा गएको अर्को टोली भने सुरक्षित रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !
शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
३३ किलो सुन प्रकरण: अभियुक्तको सम्पत्तिमाथि अनुसन्धान हुने
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित

तपाईंले छुटाउनुभयो कि?