कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !

सारांश

  • कावासोती, ४ कात्तिक ।
  •   ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको प्रहरीले जनाएको छ ।
  • धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको  बस आइतबार बिहान साढे ५ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ दमारचोकमा दुर्घटना भएको थियो ।

कावासोती, ४ कात्तिक ।  ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको प्रहरीले जनाएको छ । धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको  बस आइतबार बिहान साढे ५ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ दमारचोकमा दुर्घटना भएको थियो । दुर्घटनामा ५१ जना घाइते भएका छन् । तीमध्ये ३७ जनाको अवस्था गम्भीर छ ।

तीब्र गतिमा रहेको बस घुमाउरो सडकमा अनियन्त्रित हुँदा २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए । अगाडी घुमाउरो सडक भएको थाहा भएपनि चालकले गति नियन्त्रण नगर्दा अनियन्त्रि भइ बस तल खसेको उनले बताए । ‘बस आफ्नो साइडभन्दा विपरित साइडबाट गुडेको थियो । यदि अर्को सवारीसाधन अगाडीबाट आएको भए झन ठूलो दुर्घटना हुने थियो।’ प्रहरी उपरीक्षक थापाले भने ।

हेडलाइट मधुरो हुँदाहुँदै पनि चालकले वास्ता नगरी बस चलाएको यात्रुलाई उद्धृत गर्दै थापाल बताए।  ४५ जना क्षमता भएको रात्री बसमा ५० बढी यात्रु सवार थिए । बस काउन्टरबाट ३५ जनाले टिकट काटेर यात्रा गरेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु विभिन्न स्थानबाट चढेका हुन् । यात्रुमध्ये केही दसैं सकेर कार्यथलोमा फर्केका कर्मचारी छन् भने केही दसैंको टीका थाप्न आफन्तकोमा जान लागेहरु छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ सुन्दरहरैया–१२ का ११ वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका–२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक जनाको पहिचान हुन सकेको छैन।  गम्भीर घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि गन्तव्यमा गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
ल्याण्डफिल साइट जोड्ने बाटोमा लेदो पहिरो: काठमाडौँ महानगरद्वारा घरमै फोहर सुरक्षित राख्न आग्रह
ल्याण्डफिल साइट जोड्ने बाटोमा लेदो पहिरो: काठमाडौँ महानगरद्वारा घरमै फोहर सुरक्षित राख्न आग्रह
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
पुनःनिर्माणमा आएको पैसा दाताको आफ्नै स्वार्थपूर्तिमा

तपाईंले छुटाउनुभयो कि?