एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,

सारांश

  • नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
  • झासहित रामकुमार शर्मा लगायतका नेताहरु माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन्।
  • पछिल्ला दिनमा नेता झा एमाले प्रवेश गर्ने चर्चा चलेको थियो।

नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। झासहित रामकुमार शर्मा लगायतका नेताहरु माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन्।

पछिल्ला दिनमा नेता झा एमाले प्रवेश गर्ने चर्चा चलेको थियो। एमालेका पूर्वनेता समेत रहेका उनले एमालेसँग उपाध्यक्षको पद माग गरेका थिए। उपाध्यक्ष पद दिन एमाले नेताहरु सकारात्मक नदेखिएपछि बिहिवार विहान उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाट पुगेका थिए। दाहालसहित माओवादी उच्च नेताहरुसंगको छलफल सकारात्मक बनेपछि झा माओवादी केन्द्र प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन्।

माओवादी केन्द्रका कार्यालय सदस्य मणी थापाले झा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नेबारे छलफल चलेको पुष्टि गरेका छन्। ‘उहाँहरुसंग छलफल चलिरहेको छ, छलफल सकारात्मक बनेको छ, माओवादी प्रवेश गर्ने अन्तिम चरणमा हुनुहुन्छ उहाँहरु’ नेता थापाले भने।

उता नयाँ शक्तिका अर्का प्रभावशाली पार्टीका नेता देवेन्द्र पौडेलले बिहिवार राजधानीको हार्दिक होटलमा पत्रकार सम्मेलन गरेर परिवर्तित सन्दर्भमा आफ्ना कुरा राख्दैछन्। नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेता पौडेलले आजै पार्टी परित्याग गरेको घोषणा गर्ने निश्चित नभए पनि आजको प्रेस व्रिफिङबाट उनले माओवादी केन्द्र प्रवेशको वातावरण बनाउन चाहेको उनी निकट एक नेताको दाबी छ। नेता पौडेलसहित कुमार पौडेल, वामदेव क्षत्री, महेन्द्र पासवान लगायतका नेताहरुले पनि नयाँ शक्ति छोडेर माओवादी केन्द्रको प्रवेशको तयारी गरिरहेको बताइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
श्रीमती कुट्ने श्रीमानलाई जन्म कैद !
श्रीमती कुट्ने श्रीमानलाई जन्म कैद !
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
पोखराका सुजतको पोर्चुगलमा निधन
पोखराका सुजतको पोर्चुगलमा निधन
मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा
मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा