पहिलो चरणको चुनावका लागि एमालेबाट को–को बने उम्मेदवार ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पहिलो चरणको चुनावका लागि एमालेबाट को–को बने उम्मेदवार ?

सारांश

  • काठमाडौं, कात्तिक ५ – नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गरेको छ ।
  • माओवादी केन्द्रसँग शनिबार चुनाव क्षेत्र बाँडफाँड गरेपछि आफ्नो भागमा परेका क्षेत्रमा एमालेको स्थायी कमिटिको बैठकले हेरफेर पनि हुन सक्नेगरी उम्मेदवार तय गरेको हो ।
  • प्रतिनिधिसभामा ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्तकुमार नेम्बाङ, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, खोटाङबाट विशाल भट्टराई, दार्चुलामा गणेशसिंह ठगुन्ना, बाजुरामा लालबहादुर थापा बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, डोल्पामा धनबहादुर बुढा, मुगुमा गोपाल बम, उम्मेद्वार बन्नेछन् ।

काठमाडौं, कात्तिक ५ – नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रसँग शनिबार चुनाव क्षेत्र बाँडफाँड गरेपछि आफ्नो भागमा परेका क्षेत्रमा एमालेको स्थायी कमिटिको बैठकले हेरफेर पनि हुन सक्नेगरी उम्मेदवार तय गरेको हो ।

प्रतिनिधिसभामा ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्तकुमार नेम्बाङ, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, खोटाङबाट विशाल भट्टराई, दार्चुलामा गणेशसिंह ठगुन्ना, बाजुरामा लालबहादुर थापा बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, डोल्पामा धनबहादुर बुढा, मुगुमा गोपाल बम, उम्मेद्वार बन्नेछन् ।

यस्तै मुस्ताङमा प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकालीमध्ये एकजना मनाङमा पोल्देन छोपाङ गुरुङ, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, रसुवामा जनार्दन ढकाल, नुवाकोट २ मा नारायणप्रसाद खतिवडा, धादिङ १ मा भूमि त्रिपाठी र धादिङ २ मा खेम लोहनी प्रतिनिधिसभा चुनावमा एमालेका तर्फबाट उम्मेद्वार बन्ने एमालेले जनाएको छ ।

नेताहरु शेरधन राई, नेताहरु राजेन्द्र पाण्डे पृथ्वी सुब्बा गुरुङ्गलगायत प्रदेशसभामा उम्मेदवार बनेका छन् । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रले पनि उम्मेदवार तय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । कहाँबाट को उम्मेदवार बन्ने भन्ने विस्तृत विवरण भने माओवादी केन्द्रले उपलब्ध गराएको छैन ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । पहिलो चरणको चुनावमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावका लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको कूल अर्थतन्त्रभन्दा ३७ गुणा ठूलो एप्पल कम्पनी
नेपालको कूल अर्थतन्त्रभन्दा ३७ गुणा ठूलो एप्पल कम्पनी
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
पत्रकार राजु बस्नेत सर्वोच्चको आदेशले छुटे लगत्तै पुन: पक्राउ परे
भरतमोहन अधिकारी  :  पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?