अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प

सारांश

  • वासिङ्टन डिसी।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्।
  • अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार बताएका हुन्।

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार बताएका हुन्।

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन्।

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए।
स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो। सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताए। यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ।

कार्यदलकी सदस्य डा म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए।

उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताए।

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
पूर्वराष्ट्रपति यादवकी छोरीको विहे को सँग हुँदैछ ?
पूर्वराष्ट्रपति यादवकी छोरीको विहे को सँग हुँदैछ ?
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!

तपाईंले छुटाउनुभयो कि?