निर्मला पन्त प्रकरण: यी ब्यक्तिले अाराेप स्विकारे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २०, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमडौं ,  २० मंसिर।
  •   कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्।
  •   केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्।

काठमडौं ,  २० मंसिर।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्।  केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।

सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ।  निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो।  रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन्। निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै
मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?