प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
सारांश
- काठमाडौं, पुस २५ ।
- सर्वोच्च अदालतको आदेशमा ड़ा गोविन्द केसी पक्राउ परेपछि यतिबेला प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली चर्चामा छन् ।
- उनै पराजुलीलाई प्रधानन्यायाधिश नियुक्ति गर्दाका बखत संसदीय सुनुवाई समितिमा संसदहरुले यस्ता प्रश्न राखेका थिए ।
काठमाडौं, पुस २५ । सर्वोच्च अदालतको आदेशमा ड़ा गोविन्द केसी पक्राउ परेपछि यतिबेला प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली चर्चामा छन् । उनै पराजुलीलाई प्रधानन्यायाधिश नियुक्ति गर्दाका बखत संसदीय सुनुवाई समितिमा संसदहरुले यस्ता प्रश्न राखेका थिए ।
के प्रश्न गरेका थिए सांसदहरुले पराजुलीलाई ? हेर्नोस्, जस्ताको तस्तै ।
रामकुमार भट्टराई, एमाले
यहाँ समितिमा पस्दा नरम र बाहिरिएपछि संसदलाई नटेर्ने अवस्था छ। त्यो भोलि जारी रहन्छ कि रहँदैन? संविधानप्रति उत्तरदायी हुन्छु भन्ने तर व्यवहारमा नहुने कुराको ग्यारेन्टी कसरी लाग्ला ?
कृपाराम राना एमाले
तपाईँले उपदेशमूलक भनाइ राख्ने काम भयो। तर, तपाईँको बारेमा २१ वटा उजुरी छन्। तपाइले कुन कानुनका आधार ४/४ वटी बिहे गर्नु भयो ? स्त्री धन कुन आधारमा नस्ट गर्नु भयो ?
शेरधन राई एमाले
८ जना मध्ये सबैभन्दा बढी विवादास्पद तपाईँ हुनुहुन्छ। तपाईँका बारेका उजुरी हेर्दा सर्वोच्चको न्यायाधीश हुन लायक देखिनुहुन्न। यसको जवाफ दिनु भएन भने आज न्यायालयप्रति जुन उठेका विषयको बारे के भन्नुहुन्छ ?
प्रकाशशरण महत कांग्रेस
पहिलो त तपाईँले संसदले कानुन बनाउने र न्यायलयले व्याख्या र पालना गर्ने कुरा गर्नु भयो। तर यसमा कहाँ समस्या छ व्यवहारमा। सर्वोच्चमा कस्तो सुधारको कार्य गर्नु पर्ला ? तपाईँ विरुद्ध हाइ प्रोफाइलमा बसेको व्यक्तिविरुद्ध उजुरी आएको छ तर त्यो भनेर आत्तिनु पर्दैन तर त्यी उजुरी असत्य हुन् भनी बुझाइदिए हामी तपाईँप्रति ज्यादा विश्वस्त हुने थियौं। तपाईँले यी आरोपका विषयमा कसरी जवाफ दिनुहुन्छ ? शक्ति सन्तुलनको विषय बारे के धारणा छ ?
एकनाथ ढकाल परिवार दल
मेरो पार्टीको नारा वान लाइफ वान हस्बेड वान वाइफ भन्ने हो तर तपाईँ मनोगामी की पोलीगामी ?
गिरिराजमणी पोख्रेल एमाओवादी
तपाईँ जनकपुरमा जाँदा एक कर्मचारी लिएर हिँडेको भन्थे । जहाँ गए पनि विदाइ बारले गरेको छैन। तपाईँले राजनीतिक कुरा पनि गर्नु भयो । तपाईँ विचारको दृष्टिकोणले कम्युनिष्ट विरोधी भनेर चिनिन्छ भने तपाईँ सम्मानित आन्दोलनलाई कसरी न्याय गर्नु हुन्छ ?
तुलसा राना माओवादी
गोरखा बैकको मुद्दा १७ पटक सारेको आरोप छ। तपाईँले न्यायालयलाई कसरी समानुपातिक र समावेशी बनाउनु हुन्छ ?
प्रेमबहादुर सिंह समाजवादी पाटी नेपाल
विगत केही दिन यता अदालतको आफ्नै कार्यले योप्रतिको धारणमा ह्रास आएको छ । अदालतले राजनीतिक विषयमा पनि प्रवेश गरेको छ । यस अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छ ?
महेन्द्र यादव कांग्रेस
तपाईँको कुरा सुन्दा तपाईँ स्पष्ट विचार भएको पाए। जहाँ गए पनि काम गर्न सक्नु हुन्छ । अब नयाँ संविधानमा कस्तो अदालत हुनुपर्छ ?
अतहर कमाल मुसलमान स्वतन्त्र
उजुरी माग गरेपछि त्यो आउने कुरा सामान्य हो । अब २१ वटा उजुरी केही पनि होइ न। १८ हजार मुद्दाको फैसलाको सुनुवाई हो । अहिले कानुनले गर्दा हो कि अरु कुनै कारण अदालत जनउत्तरदायी हुन सकेन ?
कुन्ती कुमारी शाही राप्रपा नेपाल
यति लामो अनुभव लिँदा तपाईँले अहिले न्यायपालिकाभित्र जुन प्रस्तावित न्यायाधीशको बारेमा विवाद आएको बेलामा ती प्रश्नको बारेमा कसरी भ्रष्टाचार मुक्त र महिला बालबालिका मैत्री बनाउन सकिन्छ र भोलिका दिनमा त्यो आवश्यक छ कि छैन ?
अइन्द्र सुन्दर नेम्वाइ नेकपा माले
सबैभन्दा बढी र गम्भीर आरोप लागेको व्यक्तिले भोलि न्यायालय स्वच्छ बनाउन के गर्नु हुन्छ ? १८ हजार मुद्दा न्यायाधीश नभएर होइन आर्थिक लेनदेनले पनि हो । न्यायपालिकालाई निष्पक्ष, राजनीतिक हस्तक्षेप विहीन कसरी बनाउनु हुन्छ ?
गणेशमान गुरुङ एमाले
ट्रान्स्परेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार व्याप्त भनेको छ त्यो कम गर्न के गर्नुहुन्छ ?
आरजु राणा कांग्रेस
तपाइले छिटो छरितो न्याय सम्पादन गर्ने कुरा गरेको हेर्दा अहिले छैन भन्ने प्रष्ट हुन्छ। अब तपाईँ ३ वटा मुख्य के गर्नुहुन्छ जसले न्यायमा सुधार होस्। तपाईँविरुद्धको उजुरीको जवाफ दिनु होला। तपाईँ ४ श्रीमती भएको व्यक्तिले महिलालाई कसरी सम्मान गर्न सक्नु हुन्छ ?
लक्ष्मणलाल कर्ण, सद्भावना पार्टी
२१ वटा उजुरीको प्रश्न उनलाई दिएर जवाफ दिन आग्रह गर्छु । मोहीको जग्गा आफैँले किन्ने कस्तो न्याय र उचित हो ? चारवटा विवाहको बारेमा यहाँ कुरा उठ्यो । दुईवटा श्रीमती एकैसाथ राख्नु पनि गैरकानुनी हो। स्वास्नी दुईटा सँगै राख्ने सम्बन्ध विच्छेद नगरी राखिरहेको हो भने सिभिल सर्भेन्टका लागि अपराध हो । सबभन्दा बढी उजुरी तपाईँको विरुद्ध छ। स्वतन्त्र न्यायपालिकाका लागि यत्तिका आरोप लागेका व्यक्ति कसरी न्यायाधीश हुने ?
प्रभु साह माओवादी
तपाईँको पहिलो श्रीमती स्वइच्छाले हो कि जबरजस्ती? जो अहिले पनि जीवित छन् । स्वतन्त्र न्यायपालिकाले राजनीतिक मुद्दामा हात हाल्दा न्यायालयको साख बढाएको छ ? अहिलेको परिवर्तनलाई कसरी लिनुहुन्छ ? सर्वोच्चको न्याय सम्पादनको कार्य योजना के छ ? विकृति विसंगति हटाउन के योजना छ ?
भानुभक्त ढकाल एमाले
बलात्कारीलाई छुटाएको, स्त्रीधन नासेको र ४ श्रीमती ल्याएर लैँगिक न्याय कसरी भयो ? तासको खालमा तपाइको फोटो आएको बारे के हो ? प्रधानन्यायाधीश आफू बन्न अदृश्य भूमिकाबारे तपाईँको धारणा के छ ?
राजेन्द्र पाण्डे एमाले
म चारवटा विवाहको कुरा गर्दिन। २१ वटा उजुरी हेर्दा अधिकांश उजुरीको स्वरुप र घटना आर्थिक चलखेलमै केन्द्रीत भएर गरेका देखिन्छन् । यसबारे जताततै चर्चा छ कि सेटिङ मिलाएर फैसला गर्ने कुरा पनि छ। तपाईँ स्थायी र प्रधानन्यायधीश हुने व्यक्तिले सर्वोच्चमा कानुनका खरिद बिक्री हुँदैन भन्ने विश्वास गर्ने ? २१ दिनको फरकमा ७० फागुन ९ गते र २८ गते अर्को हाइडो पावरमा फरकफरक आदेश दिनुभएको छ। यसबारे आर्थिक चलखेल नभए के ? साभार :उज्यालोनेपाल
Santosh Punam Pariyar
Khate niyadhish
Raj Chamling
haaaa hait
Neer Kumar Mulmi
Hamilai euta gharjam garna kathin xa wahako 4woti ?
Arjun Devkota
बाइ फाले नै हुन र ?
Pramesh Bishwas
Good job
Khadka Thapa
Asking cirtificate janch garnuparchha
Arjun Shankar
Thukka khate parajuli saram xaina hai nepali bhayera hinna
Janajyoti Kumar Shrestha
हा हा हा हा……अर्काे हास्यास्पद.
Hari Kumar Khati
yin lai niyukti garner hard pain til ta hoinana
Vikram Singh
Shem2
Vikram Singh
No bodycan expect justice from u mr judtice.