गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान

सारांश

  • इनरुवा, १५ मंसिर,सुनसरी सदरमुकाम इनरुवा–३ का मुसहर बस्तीका स्थानीयले आफूहरुको गाँस, बाँस र कपासको ग्यारेण्टी गर्नेलाई मतदान गर्ने बताएका छन् ।
  • जिल्लामा पटकपटक आफूहरुलाई विभिन्न राजनीतिक दलहरुले ठगेर, ढाँटेर र झुठो आश्वासन दिएर भोट लिएकाले यसपटक आफूहरुको गास, बास र कपासको आधारभूत आवश्यकता पूरा गर्नेलाई मतदान गर्ने बताएका छन् ।
  • आफूहरुलाई जहिले पनि उम्मेदवार र नेताहरुले दोस्रो दर्जाको नागरिकको रुपमा हेपाहा प्रवृत्तिबाट हेरिरहेकाले आफूहरु यसपटक झुटो आश्वासनबाट जोगिएर मतदान गर्ने स्थानीयवासी शान्ति सदाले प्रतिक्रिया दिनुभयो ।

इनरुवा, १५ मंसिर,सुनसरी सदरमुकाम इनरुवा–३ का मुसहर बस्तीका स्थानीयले आफूहरुको गाँस, बाँस र कपासको ग्यारेण्टी गर्नेलाई मतदान गर्ने बताएका छन् ।

जिल्लामा पटकपटक आफूहरुलाई विभिन्न राजनीतिक दलहरुले ठगेर, ढाँटेर र झुठो आश्वासन दिएर भोट लिएकाले यसपटक आफूहरुको गास, बास र कपासको आधारभूत आवश्यकता पूरा गर्नेलाई मतदान गर्ने बताएका छन् ।

आफूहरुलाई जहिले पनि उम्मेदवार र नेताहरुले दोस्रो दर्जाको नागरिकको रुपमा हेपाहा प्रवृत्तिबाट हेरिरहेकाले आफूहरु यसपटक झुटो आश्वासनबाट जोगिएर मतदान गर्ने स्थानीयवासी शान्ति सदाले प्रतिक्रिया दिनुभयो ।

निर्वाचन आफ्नो प्रतिनिधि चयन गर्ने महान अभियान भए पनि आफूहरुलाई मासु र रक्सीमा फकाउन आउनेबाट जोगिएर इमान्दार र विकासप्रेमी तथा आफूहरुको गास, बास र कपासको तत्काल व्यवस्थासहितको सुनिश्चित गर्नेलाई मतदान गर्ने स्थानीय आशिक सदाले बताउनुभयो ।

उहाँले रक्सी र मासु खुवाउनेको मासु भात खाने तर मतदान आफूले चाहेको इमान्दार, विकास प्रेमीलाई मतदान गर्ने बताउनुभयो । पुरुषले गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान गर्ने भनिए पनि महिलाले भने गाउँमा जाँड, रक्सी रोक्नेलाई मतदान गर्ने स्थानीयवासी सरिता ऋषिदेवले बताउनुभयो ।

गाउँमा जाँड, रक्सीकै कारण महिला पीडित बनेको र काम गरेर पनि पेटभरि खान नपाएकाले रक्सी रोक्ने उमेदवारलाई मतदान गर्ने स्थानीय सुमित्रा सदाले बताउनुभयो ।

इनरुवा–३ की सदाले आफूहरुलाई जहिले पनि ठगेर भोट लाने गरेकाले यसपालि रक्सी पूर्णरुपमा बन्द गर्ने र बसोवासका लागि जग्गाको व्यवस्था मिलाउनेलाई मतदान गर्ने सुनाउनुभयो ।

इनरुवाको मुसहर बस्ती र सुकुम्बासीको माग सम्बोधन गर्ने कोही पनि उम्मेदवार नआएको तथा केही ठेकेदार तथा बिचौलीयाले मासु र रक्सी खुवाएर मत आफ्नो पक्षमा पार्ने दाउमा रहेको स्थानीय सीता सदाले खुलासा गर्नुभयो ।

मुसहर भएकै कारण अहिलेका जनप्रतिनिधिले भोट लिएर पनि विभेद गरेको तथा बालबालिकाको जन्मदर्तासमेत बनाउनलाई आनाकानी गरिरहेको मुसहरले गुनासो पोखेका छन् । त्यसैगरी सो बस्तीका ३०० भन्दा बढी मतदाता रहेको भए पनि कसैले पनि माध्यमिक तहको कक्षा पास गरेका छैनन् ।

समुदायमा दलितलाई विभिन्न प्रलोभन देखाएर भोट लिने गरेको भए पनि विकासको काम र शिक्षाजस्तो अति आवश्यकीय माग सम्बोधन नगरेको स्थानीय रामकुमार सदाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?