शेयर बजार : दोहोरो अङ्कले वृद्धि

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५८ पटक हेरिएको
Shares
शेयर बजार : दोहोरो अङ्कले वृद्धि

सारांश

  • काठमाडौँ, २ पुस, धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।
  • शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।
  • नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको छ ।

काठमाडौँ, २ पुस, धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दुमा पुगेको छ ।

कूल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु ४२ करोड तीन लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव सात एक, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव तीन सात, वित्त शून्य दशमलव पाँच दुई, निर्जीवन बीमा २२० दशमलव पाँच एक, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव दुई एक तथा जीवन बीमा १९५ दशमलव नौ बिन्दुले बढेको छ ।

स्टककाअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् ।

(https://boxmining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
१०० ले उकालो लाग्यो सुनको मूल्य
१०० ले उकालो लाग्यो सुनको मूल्य
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
Best Ontario Online Casinos 2024: Real Money Gambling Sites
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
वामगठबन्धनसँगै ७७ वटै जिल्लाका कर्मचारी संगठन पनि एक हुँदै
वामगठबन्धनसँगै ७७ वटै जिल्लाका कर्मचारी संगठन पनि एक हुँदै

तपाईंले छुटाउनुभयो कि?