संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) २७ जेठ ।
  • ३ वर्षिय ब्लड क्यानसर पिडित समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियान वाट सहयोग रकमलाई हस्तानतरण गरिएको छ ।
  • संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान ले नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन बोहोरालाई बेल्वासेले हस्तानतरण गरे ।

माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) २७ जेठ । ३ वर्षिय ब्लड क्यानसर पिडित समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियान वाट सहयोग रकमलाई हस्तानतरण गरिएको छ ।

संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान ले नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन बोहोरालाई बेल्वासेले हस्तानतरण गरे । अर्घाखाची जिल्ला सितगंगा निवासी सचिन वोहोरा विगत लामो समयदेखी छोरीको उपचारको लागी भारतको चंन्निगढ पिजि आइ अस्पतालमा रहेका छन ।

त्यस्तै सोहि अभियान वाटै उपचारको लागी आइ एम इ वाट ३९ हजार ३ सय रकम प्राप्त भएको छ ।त्यस्तै सहयोगी दाता वाट ४७ हजार रकम घोषण भएको तर उठन वाकी रहेको अभियानकर्मी वेल्वासेले वताए ।  ४८हजार ६ सय रकम प्राप्त गर्न वाकी रहेको वताए ।

चन्द्रौटामा पत्रकार सम्मेलन गरी सो रकम पिडितका बुवा सचिन वोहोरालाई दिइएको छ । वोहोरालाई करिव ८ लाख रकम सहयोग उपलव्ध भएको र उपचारको लागी १६ लाख रकम आवश्यक रहेको वताए ।

सहयोगीदाताहरुलाइ धन्यवाद दिदै वोहोराले थोपा थोपा गरि संकलन गरेको रकमले आफ्नी छोरी वाच्न सक्ने वताए । पहिला भन्दा धेरै सुधार भएको भन्दै वोहोराले सक्दो सहयोग गर्न आग्रह गरे ।कार्यक्रममा पत्रकार सिताराम चौधरीले वोहोराको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?