संसद्को हिउँदे अधिवेशन ११ पुसबाट

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
५० पटक हेरिएको
Shares
संसद्को हिउँदे अधिवेशन ११ पुसबाट

सारांश

  • काठमाडौं ४ पुस ।
  •  संघीय संसदके हिउँदे अधिवेशन ११ पुसमा बोलाइएको छ ।
  • सरकारले हिउँदे अधिवेशन आह्वान गर्न मंगलबार पत्राचार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक ११ पुस अपराह्न ४ बजेका लागि बोलाएकी हुन् ।

काठमाडौं ४ पुस । संघीय संसदके हिउँदे अधिवेशन ११ पुसमा बोलाइएको छ । सरकारले हिउँदे अधिवेशन आह्वान गर्न मंगलबार पत्राचार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक ११ पुस अपराह्न ४ बजेका लागि बोलाएकी हुन् ।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ । सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ ।
बैठकबारे बुधबार सूचना जारी हुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

संघीय संसद् सचिवालयले आगामी ११ र १५ गतेमध्ये एक दिन बैठक बोलाउन सरकारसँग परामर्श गर्दै आएको थियो । संविधानसँग बाझिएका ३३९ कानुनमध्ये १७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ । परिमार्जन गर्नुपर्ने १७४ मध्ये पनि ३६ वटा पूर्ण रूपमा नयाँ कानुन बनाउनुपर्नेछ । कानुनलगायतका विभिन्न मन्त्रालयले ती कानुनको तयारी गरिरहेका छन् ।
आउँदो २१ फागुनमा नयाँ निर्वाचनपछि संसद् सुरु भएको एक वर्ष पुग्दै छ । २१ फागुनसम्म संविधानसँग बाझिएका कानुन परिमार्जन नभए स्वतः निष्क्रिय हुनेछन् । त्यस्तै, हाल संसद्मा विचाराधीन केही कानुनसमेत पारित गर्नुपर्नेछ ।

चिकित्सा शिक्षासम्बन्धी विधेयक, बिमासम्बन्धी कानुन, निवृत्तिभरण कोषसम्बन्धी कानुनलगायतका सातवटा कानुन हाल संसद्का विभिन्न समितिमा रहेका छन् । संसद्ले केही कानुन तत्काल निर्माण तथा अनुमोदन गर्नुपर्ने अवस्था छ । चिकित्सा शिक्षा अध्यादेश तत्काल पारित गर्नुपर्ने भन्दै डा. गोविन्द केसीले १७ पुसदेखि अनशन बस्ने घोषणा गरिसकेका छन् । डा. केसीको अनशन सुरु हुनुभन्दा पहिले नै सरकारले संसद्को हिउँदे अधिवेशन आह्वान गरेको हो ।
केही समयअघि सरकारले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पारित गरी राष्ट्रिपतिबाट प्रमाणीकरण गरिसकेको छ । संसद् अधिवेशन बोलाउने मुखमै अध्यादेश ल्याएकोमा सरकारले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्यान्वयनमा ल्याउन नसक्नुको मुख्य कारण भनेकै कर्मचारीको आन्दोलन देखिएको छ ।
सरकारले हतारमा अध्यादेश ल्याउदा यस्तो समस्या आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । यसैगरी, सरकारले अन्य अध्यादेश ल्याउने तयारी गरेको विषयमा समेत उनको आपत्ति छ ।

गत २४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोग पठाएको थियो । संसद् अधिवेशन आह्वान गरेपछि कुनै अध्यादेश ल्याउन पाइनेछैन । त्यो अध्यादेश पनि त्यत्तिकै थन्किने अवस्थामा पुगेको छ ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा अध्यादेशको मस्यौदा तयार पारी मन्त्रिपरिषद्मा पाठाएकोमा त्यो पनि आउने बाटो रोक्का भएको छ ।

संसद्को हिउँदे अधिवेशनको सम्पूर्ण तयारी गरेर संसद् सचिवालय बस्दासमेत सरकारले त्यसतर्फ कुनै चासो नदेखाएको भन्दै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले पटकपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । संसद्ले गर्नुपर्ने धेरै काम भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । राजधानीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख र मुकाम तोक्न हच्कियो सरकार
प्रमुख र मुकाम तोक्न हच्कियो सरकार
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही,  हाकिम कायस्थलाई किन संरक्षण ?
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही, हाकिम कायस्थलाई किन संरक्षण ?
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा
धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर

तपाईंले छुटाउनुभयो कि?