अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी

सारांश

  • काठमाडौं ।
  • अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने तयारी गरेको छ ।
  • अफगानिस्तानमा रहेका ७ हजार सैनिक फिर्ता लैजाने तयारी अमेरिकाले गरेको हो ।

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने तयारी गरेको छ । अफगानिस्तानमा रहेका ७ हजार सैनिक फिर्ता लैजाने तयारी अमेरिकाले गरेको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता ल्याउने प्रतिबद्धता जनाएका थिए । अमेरिकी रक्षा मन्त्रालयले आागमी वर्षको मध्यसम्ममा करिब ७ हजार सेना फिर्ता लैजाने तयारी गरेको हो । अमेरिकी अधिकारीहरुले भने यसबारे निर्णय नभइसकेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेलगत्तै असन्तुष्ट रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिइसकेका छन् । उनी सन् २००१ मा तालिवानविरुद्धको युद्धमा अफगानिस्तानमा खटिएका थिए । विश्लेषकहरुले भने अफगानिस्तानबाट सेना फिर्ता गरेर भयावह प्रभाव पर्ने र तालिवानले प्रचारयुद्ध जित्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?