Friday, May 17
Shadow

सूचना प्रविधि

ट्विटरका प्रयोगकर्तामा कीर्तिमानी वृद्धि, तर किन घट्यो आम्दानी ?

ट्विटरका प्रयोगकर्तामा कीर्तिमानी वृद्धि, तर किन घट्यो आम्दानी ?

सूचना प्रविधि
माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ताको संख्यामा ऐतिहासिक बढोत्तरी देखिएको छ । ट्विटरले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा कीर्तिमानी वार्षिक वृद्धि हासिल भएको हो । ट्विटर प्रयोगकर्ताको वृद्धिदरले विश्लेषकहरुको अनुमानलाई उछिनेको रिपोर्ट सार्वजनिक भएसँगै ट्विटर कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव परेको छ । बिहीबार ट्विटरको शेयर मूल्यमा ६ प्रतिशत वृद्धि भएको छ । पछिल्लो रिपोर्टअनुसार ट्विटरका मनिटाइजेबल दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पछिल्लो एक वर्षमा ३४ प्रतिशतले वद्धि भई १८ करोड ६० लाख पुगेको छ । मनिटाइजेबल एक्टिभ युजर्स भनेको त्यस्ता सक्रिय प्रयोगकर्ताको संख्या हो जसले आफ्नो वालमा विज्ञापन देख्दछन् । विश्लेषकहरुले यस अवधिमा ट्विटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १७ करोड ६० लाख पुग्ने प्रक्षेपण गरेका थिए । ट्विटरका स...
नोकियासँग बदला लिने चीनको योजना

नोकियासँग बदला लिने चीनको योजना

सूचना प्रविधि
चिनियाँ कम्पनी हुवावेको फाइभ जी प्रविधिमाथि अमेरिका र बेलायतले प्रतिबन्ध लगाइसकेका छन् । उक्त प्रतिबन्धलाई युरोपेली युनियनले समेत अंगिकार गर्ने सम्भावना बढिरहेको बेला चीनले युरोपेली कम्पनीहरुसँग बदला लिने योजना बनाइरहेको बताइएको छ । युरोपेली युनियनले हुवावेको फाइभ जी प्रविधिको प्रयोगमा बन्देज लगाएको खण्डमा युरोपेली टेलिकम कम्पनीहरु नोकिया तथा इरिक्सनसँग त्यसको बदला लिने सोच चीनको रहेको वालस्ट्रिट जर्नलले दाबी गरेको छ । बेलायतले गत हप्ता आफ्ना टेलिकम अपरेटरहरुलाई हुवावेसँग बाट फाइभ जी नेटवर्कका कुनैपनि प्रविधि खरीद नगर्न आदेश दिएको छ । अहिलेसम्म फाइभ जी प्रविधिमा हुवावे कम्पनीबाट खरिद गरिएका उपकरण तथा प्रविधि सबैलाई सन् २०२७ सम्ममा हटाइसक्नसमेत बेलायत सरकारले निर्देशन दिएको छ । हुवावेविरुद्ध अमेरिकी नेतृत्वको यस अभियानबाट स्विडेनका नोकिया र इरिक्सन कम्पनीहरुलाई प्रत्यक्षरुपमा सबैभन...
गुगलले ल्यायो भिडियोसहितको नयाँ किनमेल एप

गुगलले ल्यायो भिडियोसहितको नयाँ किनमेल एप

विशेष खबर, सूचना प्रविधि
एजेन्सी । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् । नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ । सपलुपका महाप्रवन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरेका छन् ।...
अनलाइन क्लास बन्द नगर्नू शिक्षा मन्त्रालयको अनुरोध

अनलाइन क्लास बन्द नगर्नू शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, सूचना प्रविधि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो। प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्। मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्। निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्। सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्य...
नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

आर्थिक, विशेष खबर, सूचना प्रविधि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो पाेजेटिभ सर्किट लागेको छ। आइतबार निरन्तर तेस्रो सर्किट लागेर बन्द भएको बजारमा सोमबार पनि सर्किट ब्रेकको निरन्तरता देखिएको हो। सोमबार कारोबार सुरु भएको दोस्रो मिनेट मै पहिलो सर्किट लागेको थियो। परिसूचकमा ४ प्रतिशतको वृद्धिपछि २० मिनेटका लागि स्थगित भएको कारोबार ११ बजेर २१ मिनेटमा दोस्रोपटक सर्किट लागेको हो। दोस्रो सर्किटपछि कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ। परिसूचक ५ प्रतिशत अर्थात् ७४ दशमलव शून्य २ अंकले बढेर १ हजार ५ सय ५३ दशमलव शून्य ५ अंकमा कायम भएको छ। १ सय २२ वटा कम्पनीको २ लाख २३ हजार ६ सय ९६ कित्ता सेयर ८ सय ६४ पटक खरिद बिक्री हुँदा ९ करोड १९ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ११ अंकले बढेर ३ सय २८ दशमलव ४० अंकमा कायम भएको छ।...
इन्स्टाग्रामको ‘टिकटक’ आउँदैछ के छ यसको  विशेषता

इन्स्टाग्रामको ‘टिकटक’ आउँदैछ के छ यसको विशेषता

सूचना प्रविधि
एजेन्सी। भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फो टो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ । आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । स्मरणरहोस् इन्स्टाग्रामले गत हप्ताबाट भारतमा रील्सको परीक्षण सुरु गरेको छ । भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको परिप्रेक्षयमा इन्स्टाग्रामले भारतमै रील्सलाई परीक्षणका रुपमा सुरुआत गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामीहरु सदैव मानिसले के चाहन्छन् भन्ने कुरा हेर्दछौँ र प्रयोगकर्ताका अनुभूति...
के छ फेसबुक मेसेन्जरको शेयरिङमा

के छ फेसबुक मेसेन्जरको शेयरिङमा

सूचना प्रविधि
दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन शेयरिङ फिचर थपिएको छ । फेसबुकका अनुसार मेसेन्जर एपका एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन प्राप्त गर्नेछन् । अहिलेसम्म यो फिचर केवल मेसेन्जरको वेब भर्सनमा मात्रै उपलब्ध थियो जुन अब एप भर्सनमा समेत रोलआउट भएको हो । फेसबुकका अनुसार फेसबुकको भिडियो कन्फ्रेन्सिङ सर्भिस ‘मेसेन्जर रुम्स’ मा पनि यो फिचर उपलब्ध हुनेछ । यसबाट मेसेन्जर रुम्सले माइक्रोसफ्ट टिम्स र जूमलाई टक्कर दिनसक्ने अपेक्षा गरिएको छ । कोरोना भाइरस महामारीका कारण वि...
एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

आर्थिक, बैंकिङ, सूचना प्रविधि
नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो । एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको भुक्तानी शुल्क एनसीएचएल-इसीसीमा ०-१५, एनसीएचएल-आइपीएसमा २-१० र कनेक्ट आइपीएसमा २-१५कायम हुने गरी परिवर्तन गरेको छ । त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५ प्रतिशत(न्यूनतम रु २ र अधिकतम रु.१००)बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ...
कसरी भयो अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक

कसरी भयो अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक

अन्तर्राष्ट्रिय, सूचना प्रविधि
अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ । बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजका लागि केही गर्न भनिरहेका छन्, अब त्यो समय आएको छ । तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’ टेस्लाका प्रमुख एलन मस्कको अकाउन्टमा गरिएको पोस्टमा भनिएको छ, ‘अबको एक घण्टाभित्र बिटकोइनमा पठाएको पैसा दोब्बर भएर फिर्ता हुनेछ ।’ बिटकोइनको अकाउन्टमा लिंकसहित ट्वीटमा लेखिएको छ, ‘म कोभिड–१९ महामारीका कारण दान गरिरहेको छु ।’ पोस्ट गरिएको केही मिनेट भित्र नै यो ट्वीट डिलिट भयो । अमेरिकाका चर्चित र्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्...
सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड

सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड

सूचना प्रविधि
एजेन्सी । अहिले फाइभ जी इन्टरनेटसमेत व्यवसायिक तवरमा विश्वव्यापी बनिसकेको छैन । दक्षिण कोरियाली कम्पनी सामसुङले चाहिँ सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरिसकेको छ । आगामी सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको निर्माण सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने योजना सामसुङको रहेको बताइएको छ । सन् २०३० सम्ममा विश्वमा आमरुपमा सिक्स जी इन्टरनेट प्रयोग हुनेछ । सामसुङले सन् २०१९ को मे महिनामा एडभान्स्ड कम्युनिकेसन रिसर्च सेन्टरको स्थापना गरी सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरेको थियो । सोही रिसर्च सेन्टरले गरिरहेको अनुसन्धानले सिक्स जी इन्टरनेटको भविष्यका विषयमा यस्तो प्रक्षेपण गरेको हो । सामसुङका अनुसार सन् २०३० सम्ममा विश्वका ५ खर्ब डिभाइसमा सिक्स जी इन्टरनेट जोडिएको हुनेछ । उक्त समयसम्ममा मोबाइल फोनहरु विभिन्न स्वरुप तथा प्रविधिका साथमा उपलब्ध हुनेछन् जसमा अग्मेन्टेड रि...
मेसेन्जर र ह्वाट्सएपलाई जोड्दै फेसबुक

मेसेन्जर र ह्वाट्सएपलाई जोड्दै फेसबुक

सूचना प्रविधि
एजेन्सी।  फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । अर्थात् मेसेन्जरबाट ह्वाट्सएपमा र ह्वाट्सएपबाट मेसेन्जरमा च्याट गर्न पाइनेछ । फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई एकिकृत गर्न लागेको तथ्य हालै लिक भएको एक कोडबाट पत्ता लागेको बताइएको छ । विज्ञका अनुसार फेसबुकको सर्भिस सेटिंग्समा कन्ट्याक्ट एण्ड च्याट फंक्सन्ससँग सम्बन्धित वेब डाटाहरु लिक भएका छन् जसले निकट भविष्यमा फेसबुकलाई ह्वाट्सएपसँग जोड्न लागिएको तर्फ संकेत गर्दछ । स्मरण रहोस् फेसबुक सिइओ मार्क जुकरगर्बले केही महिना अगाडि नै फेसबुक, ...
पठाओका संस्थापक फहिम सलेह मृत भेटिए

पठाओका संस्थापक फहिम सलेह मृत भेटिए

अन्तर्राष्ट्रिय, सूचना प्रविधि
बीबीसी । अन्तर्राष्ट्रिय राइड-शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह सोमबार अमेरिकाको न्युयोर्कमा मृत फेला परेका छन् । उनको शरीर विखण्डित अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले आधिकारिकरुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ पनि थिए । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सीसीटीभी फुटेजमा उनी मास्क लगाएका एक मानिससँग लिफ्टमा प्रवेश गर्दै गरेको देखिएको छ । उनको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको थियो । नजिकै एक विद्युतीय आरो पनि फेला परेको थियो । ३३ वर्षीय सलेह बंगलादेशी आप्रवासीका छोरा थिए । उनले माध्यमिक शिक्षा लिँदै गर्दा पहिलो कम्पनी खोलेका थिए । उनले अन्य साथीहरुसँग मिलेर सन् २०१५ मा पठाओको स्थापना गरेका थिए । जुन, अहिले नेपाल र बंगलादेशमा लोकप...
गुगल भारतमा १२ खर्ब लगानी गर्दै

गुगल भारतमा १२ खर्ब लगानी गर्दै

विशेष खबर, सूचना प्रविधि
एजेन्सी। विश्वको दोश्रो धेरै जनसंख्या भएको मुलुक भारतमा संसारका दिग्गज कम्पनीहरुले व्यापक लगानी गर्न सुरु गरेका छन् । गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ । गुगल तथा उसको मातृ कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाइले हालै एक कार्यक्रममा गुगलले आगामी ५/७ वर्षभित्र भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन् । गुगल फर इण्डिया २०२० कार्यक्रमका क्रममा उनले गुगलको उक्त लगानी इक्विटी, साझेदारी, भौतिक पूर्वाधार तथा पर्यावरण लगानीका रुपमा रहने बताए । उनका अनुसार गुगलले लगानी भारतको डिजिटलाइजेसनका चार महत्वपूर्ण क्षेत्रमा केन्द्रित हुनेछ । त्यसमा भारतमा प्रचलित भाषाहरुमा सुलभ डिजिटल पहुँच तथा जानकारी प्रदान गर्ने, भारतीय आवश्यकतामा आ...
माइक्रोसफ्टको नयाँ फिचर, एकसाथ १ हजार जनाले भिडियो कल गर्न सक्ने

माइक्रोसफ्टको नयाँ फिचर, एकसाथ १ हजार जनाले भिडियो कल गर्न सक्ने

सूचना प्रविधि
एजेन्सी । कोरोना महामारीको लकडाउनसँगै विश्वमा अहिले भिडियो कलिङ एप तथा प्लाटफर्महरुको लोकप्रियता र माग ह्वात्तै बढिरहेको छ । भिडियो कलिङ एप जूमले ऐतिहासिक लोकप्रियता हासिल गरिरहेको बेला गुगल तथा माइक्रोसफ्टले उसलाई टक्कर दिने कोसिस गरिरहेका छन् । माइक्रोसफ्टले आफ्नो भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर माइक्रोसफ्ट टिम्समा केही नयाँ फिचर थप गरेको छ । उक्त नयाँ फिचरसँगै अब माइक्रोसफ्ट टिम्समा एकसाथ १ हजार जना मानिस भिडियो कन्फ्रेन्सिङमा जोडिन सक्नेछन् । माइक्रोसफ्ट टिम्सका नयाँ फिचरहरु यस्ता छन्ः Together Mode – धेरै जनासँग ग्रुप भिडियो कलिङ गरिरहेको बेला यस फिचरबाट प्रयोगकर्ताले कुन चाहीँ व्यक्ति बोलिरहेको छ भन्ने थाहा पाउन सक्दछ । बोलिरहेको व्यक्तिलाई स्क्रिनमा देखेसँगै उसका विचार सुन्ने र प्रभावकारी रुपमा सञ्चार गर्न सहज हुनेछ । Video Filters – यो इन्स्टाग्राम तथा स्नापच्याटमा रहेक...
साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

समाज, सूचना प्रविधि
काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले आगामी कात्तिक ८ देखि लागू गर्ने भनेको क्लिनफिड नीति तत्काल लागू गर्न माग गरेका हुन् । ‘…आगामी कात्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ’ ज्ञापनपत्रमा भनिएको छ । हाल भारतीय च्यानलहरु नेपालमा विज्ञापनसहित प्रशारण हुँदै आएका छन् । विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्सा...
भारतीय मिडियाको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय मिडियाको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

समाज, सूचना प्रविधि
काठमाडौं । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।...