दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, भाद्र १९, २०८३
|
|
५ पटक हेरिएको
Shares
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट

सारांश

  • हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत र पुनस्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहँदा ह्याप्पी इनर्जी लिमिटेडले विपद् व्यवस्थापनमा ऐक्यबद्धता जनाएको छ।
  • ह्याप्पी इनर्जीका प्रतिनिधिहरूले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २० लाख रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
  • उक्त सहयोग रकम ह्याप्पी इनर्जीका प्रतिनिधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई प्रत्यक्ष रूपमा बुझाएका हुन्।
हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत र पुनस्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहँदा ह्याप्पी इनर्जी लिमिटेडले विपद् व्यवस्थापनमा ऐक्यबद्धता जनाएको छ। ह्याप्पी इनर्जीका प्रतिनिधिहरूले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २० लाख रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
उक्त सहयोग रकम ह्याप्पी इनर्जीका प्रतिनिधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई प्रत्यक्ष रूपमा बुझाएका हुन्। देशमा संकट परेको समयमा निजी जलविद्युत् क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारको उद्धार प्रयासमा हात मालो गर्ने उद्देश्यले यो रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
चेक ग्रहण गर्दै मन्त्री श्रेष्ठले संकटको यस कठिन परिस्थितिमा विपद् पीडितको सहयोगका लागि अगाडि आउने सबै संघसंस्था र निजी क्षेत्रप्रति आभार व्यक्त गर्नुभयो। उहाँले इतिहासदेखि नै नेपाली समाजले संकटका बेला एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गराउनुभयो।
मन्त्री श्रेष्ठले विपद्को सामना गर्न केवल आर्थिक सहायता मात्र पर्याप्त नहुने भन्दै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको स्पष्ट पार्नुभयो। संकटको घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख आवश्यकता र नागरिक दायित्व भएको उहाँको भनाइ थियो।
निजी क्षेत्रको यो अग्रसरताले विपद् व्यवस्थापनमा सरकारी कोषलाई सुदृढ बनाउनुका साथै पीडितहरूसम्म शीघ्र राहत पुर्‍याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
सुन तस्करीका नयाँ फन्डा : कृषि फार्मको आवरणमा सुन गाल्दै
सुन तस्करीका नयाँ फन्डा : कृषि फार्मको आवरणमा सुन गाल्दै
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली
मदन भण्डारीलाइ सम्झिदै यस्ताे लेखे प्रधानमन्त्री ओलीले
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक  घाइते
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते
प्रतिनिधिसभा बैठक : कसले के भने ?
प्रतिनिधिसभा बैठक : कसले के भने ?
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु

तपाईंले छुटाउनुभयो कि?