भोटेकोशी बाढीपछि बागमती प्रदेश सरकारको खोज, उद्धार र राहत अभियान तीव्र

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, भाद्र १८, २०८३
|
|
१ पटक हेरिएको
Shares
भोटेकोशी बाढीपछि बागमती प्रदेश सरकारको खोज, उद्धार र राहत अभियान तीव्र

सारांश

  • रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सिर्जना भएको सङ्कट समाधान गर्न बागमती प्रदेश सरकारले तीनै तहका सरकारको समन्वयमा खोज, उद्धार, र राहत अभियानलाई तीव्र बनाएको छ।
  • बाढीले भोटेकोशी तटीय क्षेत्र र आसपासका बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद् व्यवस्थापनलाई चुस्त बनाउन प्रदेश सरकारले उपलब्ध सम्पूर्ण संयन्त्र परिचालन गरेको जनाएको छ।
  • घटना लगत्तै भदौ १० गते साँझदेखि नै प्रदेश सरकारको टोली नुवाकोटको विदुर पुगेर सङ्घीय र स्थानीय अधिकारीहरूसँग स्थलगत समीक्षा तथा समन्वयमा जुटेको थियो।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सिर्जना भएको सङ्कट समाधान गर्न बागमती प्रदेश सरकारले तीनै तहका सरकारको समन्वयमा खोज, उद्धार, र राहत अभियानलाई तीव्र बनाएको छ। बाढीले भोटेकोशी तटीय क्षेत्र र आसपासका बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद् व्यवस्थापनलाई चुस्त बनाउन प्रदेश सरकारले उपलब्ध सम्पूर्ण संयन्त्र परिचालन गरेको जनाएको छ।
घटना लगत्तै भदौ १० गते साँझदेखि नै प्रदेश सरकारको टोली नुवाकोटको विदुर पुगेर सङ्घीय र स्थानीय अधिकारीहरूसँग स्थलगत समीक्षा तथा समन्वयमा जुटेको थियो। भदौ ११ गते बिहानै समन्वय बैठक बसी प्रभावितहरूका लागि चार स्थानमा आश्रय, खानपान, र चारवटा स्वास्थ्य शिविरको प्रबन्ध मिलाइयो। उद्धार कार्यलाई व्यवस्थित गर्न विदुरमा समन्वय केन्द्र र पाँच विषयगत कार्यदल गठन गरी हेटौँडाबाट त्रिपाल, टेन्ट, र गैरखाद्य सामग्री पठाइएको थियो।
नागरिकको सुरक्षा र सेवा प्रवाह सहज बनाउन मुख्यमन्त्री नेतृत्वको टोलीले धुन्चे पुगेर सरोकारवाला निकायसँगको समन्वयमा अत्यावश्यक सेवाको निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको छ। अस्पताल, सञ्चार, र यातायातका लागि इन्धन उपलब्ध गराइनुका साथै १० जना अधिकृत कर्मचारी र विपद् व्यवस्थापन विशेषज्ञ डा. दीपकविक्रम थापा क्षेत्रीलाई प्राविधिक सल्लाहकारका रूपमा परिचालन गरिएको छ। क्षति यकिन गर्न स्थानीय तहहरूसँग विवरण संकलनको काम भइरहेको छ।
सडक र ४० भन्दा बढी पुल क्षतिग्रस्त भई आवागमन ठप्प भएपछि प्रदेश सरकारले वैकल्पिक मार्ग, बेलिब्रिज, र तुइन निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको छ। यात्रुहरूको सुविधाका लागि धुन्चे-महावीर, चौगटे-काठमाडौँ, र विदुर-काठमाडौँ खण्डमा निःशुल्क बस सेवा सञ्चालन गरी अलपत्र परेका करिब १०० भन्दा बढी नागरिकलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ।
विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण र अत्यावश्यक सेवा जोड्ने कामलाई अगाडि बढाएको छ। अवरुद्ध सडक पन्छाउने र कर्मचारीहरूलाई निरन्तर क्षेत्रमा खटाएर जनजीवन सामान्य बनाउन प्रदेश सरकारले पुनर्निर्माण, राहत र अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?