पर्यटकीयस्थलमा चहलपहल बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
५६ पटक हेरिएको
Shares
पर्यटकीयस्थलमा चहलपहल बढ्यो

सारांश

  • मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।
  • जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा चहलपहल बढ्दै गएको छ ।
  • यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको सन्दकपुर गाउँपालिकास्थित जमुनाका कुमार गुरूङले बताउनुभयो ।

मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा चहलपहल बढ्दै गएको छ ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको सन्दकपुर गाउँपालिकास्थित जमुनाका कुमार गुरूङले बताउनुभयो । सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थितिले यस क्षेत्रका होटल बुक भइसकेका छन् । कञ्चनजंघा, सगरमाथा, कुम्भकर्ण लगायतका हिमशृंखलासँगै सूर्योदय दृष्यावलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् । यहाँबाट नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ ।

यसैगरी, पूर्वको हरियाली कन्याममा पनि वनभोज खाने र घुम्न आउने पर्यटकको संख्या अत्यधिक छ । यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयवासी गणेश अर्याल बताउनुहुन्छ । झापा, मोरङ, काठमाडाँैंलगायत देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँबाट श्रीअन्तु, समालवुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ ।

सिमसार क्षेत्र माइपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा दैनिक पाँच सयभन्दा बढी पर्यटक आउने गरेको स्थानीयवासी कमल मुखियाले बताउनुभयो । यहाँ विश्वमै लोपोन्मुख गलैँंचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् ।

विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुर जस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माइको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलोमिटरमा रहेको सन्दकपुरबीचका मेघमा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा पर्यटक रोकिने भएकाले त्यहाँ समेत चहलपहल बढेको छ ।

नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माइपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । पर्यटक आउन थालेपछि वर्खाभरी बन्द रहेका होटल खुलेका छन् । सो क्षेत्रको मुख्य पर्यटकीय याम भएर दैनिक सयाँैं पर्यटक आउने स्थानीयवासी बताउँछन् ।

पर्यटक आगमनले यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । पर्यटकीयस्थलमा अमेरिका, चीन, जापान, भारतलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटन सूचना केन्द्र किटेनीका कर्मचारी गगन घिमिरेका अनुसार आव २०७३÷७४ मा ६६ हजार पर्यटक जिल्ला भित्रिएका थिए ।

सूचना केन्द्रका कर्मचारी गगन घिमिरेका अनुसार सबैभन्दा बढी पर्यटक कन्याम घुम्न आएका थिए । गत आवमा २४ हजार ५२ जनाले कन्यामको भ्रमण गरेका थिए । भ्रमण गर्न आउनेमा २९ हजार ८९ महिला र ३६ हजार चार सय ७० पुरूष रहेका छन् । गत आवमा १५४ विदेशी पर्यटकले इलामको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: समान्यतया सफा रहने
आजको मौसम: समान्यतया सफा रहने
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने
आँखा शिविरमा १७६ जनाको शल्यक्रिया
आँखा शिविरमा १७६ जनाको शल्यक्रिया
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश

तपाईंले छुटाउनुभयो कि?