आजको मौसम: समान्यतया सफा रहने

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
आजको मौसम: समान्यतया सफा रहने

सारांश

  • काठमाडौं।
  • आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ।
  • जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ।

काठमाडौं। आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एक÷दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?