रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १, २०७५
|
|
४७ पटक हेरिएको
Shares
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !

सारांश

  • काठमाडौं, १ असाेज ।
  • रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) प्रतियोगिता आगामी असोज ११ देखि सुरु हुने भएको छ ।
  • आयोजक ओमेगा माध्यमिक विद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियाेगिताकाे मिति सार्वजनिक गरेकाे हाे ।

काठमाडौं, १ असाेज । रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) प्रतियोगिता आगामी असोज ११ देखि सुरु हुने भएको छ । आयोजक ओमेगा माध्यमिक विद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियाेगिताकाे मिति सार्वजनिक गरेकाे हाे । उनीहरुकाे अनुसार प्रतियाेगिता २० असोजसम्म चल्नेछ साथै प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

खेलहरु श्री चिनी मिलको मैदान, गौरमा हुनेछ । विजेताले ३ लाख ५० हजार जाउनेछ भने दोस्रो टिमले १ लाख ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पाउनेछ ।

नेपालमा पछिल्लाे समय एकपछि अर्काे ठूला क्रिकेट लिगहरु भैरहेका छन् । यसले नेपाली क्रिकेट पनि बस्तारै व्यवसायीक हुँदै गएकाे देखाउँछ । २०७३ सालमा काठमाडाैँमा एभरेस्ट प्रिमियर लिग इपिएल भएसँगै सुरु भएकाे घरेलु प्रतियाेगिताकाे शृङ्खला लगातार बढ्दैछ । इपिएल र धनगढी प्रिमियर लिग डिपिएल यतिबेलाका सबैभन्दा ठूला प्रतियाेगिता हुन् । साथै घाेषणा भैसकेकाे पाेखरा प्रिमियर लिगलाई पनि ठूलाे लिगका रुपमा हेरिएकाे छ ।

२० अाेभरमा हुने यी लिग रमाइला र व्यवसायीक हुने भएपनि खेलाडी उत्पादनमा भने त्यति लाभदायी नहुन सक्छ । यद्दपि निजि क्षेत्रबाट भैरहेका यी सबै काम कदरयाेग्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने
एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने
अब राजनीतिक संघर्षको युग सकियो : ओली
लक्षण नदेखिएकालाई १० दिनमा डिस्चार्ज निर्देशन

तपाईंले छुटाउनुभयो कि?