जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति

सारांश

  • काठमाडौं, माघ २५ ।
  • जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति भएको छ ।
  • जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो ।

काठमाडौं, माघ २५ । जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति भएको छ ।

जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो ।

यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू÷सीएसयू पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य भएको छ ।

निर्वाचन भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको थिएन । अब सहमति भएसँगै केही दिनमै जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने भएको छ ।

दुई पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ ।

एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

जर्मनीका सञ्चारमाध्यमहरुले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)
अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव
अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव
ट्याक्सीले हान्दा मोटरसाइकल चालकको मृत्यु
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?