राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन्।
  • उनले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन्। उनले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युनतम तापक्रम बढ्यो, चिसो घटेन
न्युनतम तापक्रम बढ्यो, चिसो घटेन
यि हुन सशस्त्र प्रहरीका एआइजी बाट डिआइजीमा घटुवा हुनेहरू !
यि हुन सशस्त्र प्रहरीका एआइजी बाट डिआइजीमा घटुवा हुनेहरू !
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
प्रदेश प्रमुख एआइजीलाई बनाउन सत्तारुढ दलका सांसदको सुझाव
प्रदेश प्रमुख एआइजीलाई बनाउन सत्तारुढ दलका सांसदको सुझाव
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?