वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १५, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • वीरगंज, १५ असोज ।
  • जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै वीरगंज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ ।
  • प्रमुख जिल्ला अधिकारी अस्मान तामाड्ढो अध्यक्षतामा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

वीरगंज, १५ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै वीरगंज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाड्ढो अध्यक्षतामा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

वीरगंजमा बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी पसल सञ्चालन गर्न पाइने, तरकारी तथा फलपूल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने, सडकपेटी र फुटपाथमा पसल सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भीडभाड व्यवस्थापन गर्न सार्वजनिक कार्यालयबाट आलोपालो सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । आइतवार, सोमवार वीरगंज महानगरपालिकामा, मङ्गलवार, बुधवार पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका, बिहीवार र शुक्रवार जिल्लास्थित सबै गाउँपालिकाका सरकारी कार्यालयमा सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था कार्यालयमा अत्यन्त भीड भइरहेको हुनाले जोर –बिजोर नम्बरका सवारीसाधनहरुलाई सेवा प्रवाह गराउन निर्णय गरेको छ । त्यस्तै दशैं, तिहार, छठमा पूजाआजा गर्दा सार्वजनिक स्थानमा भीड नगर्न, आआफ्नो घरमा पूजाआजा गर्न अनुरोध गरेको प्रजिअ तामाङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
बुधबार राति १० बजे ५ रेक्टरको भूकम्प
बुधबार राति १० बजे ५ रेक्टरको भूकम्प
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस
जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने

तपाईंले छुटाउनुभयो कि?