किन गइरहन्छ बत्ती?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
किन गइरहन्छ बत्ती?

सारांश

  • काठमाडौं, कार्तिक ४ ।
  • काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
  • तर देशभर विद्युत् आपूर्तिको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले भने झ्यापझ्याप बत्ती जानु नियोजित नभई प्राविधिक मात्रै भएको प्रस्ट्याएको छ ।

काठमाडौं, कार्तिक ४ । काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।

तर देशभर विद्युत् आपूर्तिको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले भने झ्यापझ्याप बत्ती जानु नियोजित नभई प्राविधिक मात्रै भएको प्रस्ट्याएको छ । ‘मर्मतसम्भार गर्ने र कुनै प्राविधिक गडबडी भएको अवस्थाबाहेक अन्य कारणले विद्युत् अवरुद्ध भएको छैन,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले भने, ‘यो बेला मौसमले साथ दिने भएकाले देशभर प्रणाली मर्मतको काम तीव्र पारिएको छ ।’ उनका अनुसार दसैंअगावै देशभर भइरहेको मर्मतसम्भारको काम सकिन्छ ।

‘त्यसपछि प्राविधिक गडबडीबाहेक अन्य अवस्थामा कतै पनि विद्युत् अवरुद्ध हुन्न,’ उनी भन्छन्, ‘हरेक वर्ष वर्षा सकिएपछि प्राधिकरणले मर्मतसम्भारको कामलाई तीव्रता दिने गरेको छ ।’ अघिल्ला वर्षमा पनि दसैंतिहार चाड आउनुअघि मर्मतका लागि विद्युत् अवरुद्ध हुने गरेको उनले जानकारी दिए ।

‘मागअनुसारको विद्युत् प्रणालीमा छ,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।’ दसैंतिहारजस्ता चाडमा उद्योग कलकारखाना बन्द भएर विद्युत् माग घट्ने भएकाले उत्पादित विद्युत्भन्दा कम खपत हुने उनले बताए । ‘मर्मतसम्भार र प्राविधिक गडबडी भएको ठाउँमा मात्रै विद्युत् अवरुद्ध भएको हो,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गरिएको छैन ।’

लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भदौ ३१ मा प्राधिकरणबाट बिदा भएपछि पटकपटक विद्युत् अवरुद्ध हुने गरेको सामाजिक सञ्जालमार्फत गुनासो आउने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
एक करोड ४९ लाखा रुपैयाँ हिनामिनामा वडासचिव  पक्राउ !
कांग्रेस पार्टी समाप्त हुने कांग्रेसकै नेता सिटौलाको यस्तो आँकलन
कांग्रेस पार्टी समाप्त हुने कांग्रेसकै नेता सिटौलाको यस्तो आँकलन
कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने
कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
आजको राशिफल
आजको राशिफल
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ