वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १८, २०७४
|
|
६५ पटक हेरिएको
Shares
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए

सारांश

  • वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ ।
  • वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।
  • वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।

वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।

वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन ।

वैदेशिक रोजगार बोर्डकासदस्य एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताइन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
कङ्गोमा निर्वाचनको मिति तय
कङ्गोमा निर्वाचनको मिति तय
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम

तपाईंले छुटाउनुभयो कि?