स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
सारांश
- काठमाडौं, १० जेठ।
- स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र सचिव पुष्पा चौधरीबीचको खटपटका कारण स्वास्थ्य मन्त्रालयले विगत दुई महिनादेखि दर्जन भन्दा डाक्टरहरूलाई पदस्थापन गर्न सकेको छैन ।
- दुई महिना पहिला २३ जना डाक्टर आठौं तहबाट नवौं तहमा बढुवा भएका थिए ।
काठमाडौं, १० जेठ। स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र सचिव पुष्पा चौधरीबीचको खटपटका कारण स्वास्थ्य मन्त्रालयले विगत दुई महिनादेखि दर्जन भन्दा डाक्टरहरूलाई पदस्थापन गर्न सकेको छैन ।
दुई महिना पहिला २३ जना डाक्टर आठौं तहबाट नवौं तहमा बढुवा भएका थिए । ती बढुवा भएका डाक्टर बढुवा लगत्तै पहिला कार्यरत संस्थामा रहेनन् ।
त्यसैले उनीहरू स्वास्थ्य मन्त्रालयको प्रशासनमा हाजिर गर्न थाले । तर, यो हाजिर गर्ने क्रम अहिलेसम्म रोकिएको छैन । चैत र वैशाख त वित्यो भने जेठ पहिलो हप्ता वित्दा पनि स्वास्थ्य राज्यमन्त्री अर्याल र सचिवले ती डाक्टरलाई पदस्थापन गर्न सकेका छैनन् । एकातिर उनीहरू पहिला काम गरेको स्वास्थ्य संस्थामा जनशक्तिको अभाव छ अर्कोतिर खाली भएका संस्था पनि पठाउन सकेको छैनन् ।
खासगरी नवौ तहमा वढुवा भएका केही डाक्टर विभिन्न स्वास्थ्य संस्थाको प्रमुख बनाएर पठाउनुपर्ने हुन्छ साँघु साप्ताहिकमा खबर छ । स्वास्थ्य संस्थाको प्रमुख भएर जाने डाक्टरबाट विगतमा अघोषित रुपमा आर्थिक लाभ लिन, वार्गेनि¨ गर्ने प्रचलन रहेको त्यही परम्परा थाम्नका लागि पदस्थापना रोकिएको त होइन भन्ने प्रश्न उठेको छ । त्यसैगरी, दशां तहका केही डाक्टरहरू पनि नवौं तहका झै हाजिर गरेर दिन बिताइरहेका छन् ।
उनीहरू पनि करीब दुई महिनादेखि बेकामे बनेको गुनासो छ । ती दर्जनौ डाक्टरहरू स्वास्थ्य मन्त्रालयको प्रशासनमा हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने गरिरहेका छन् । स्वास्थ्य संस्थाहरूमा प्रमुखविहीन भएका कारण हजारौ सेवग्रहीहरूले सेवाबाट बन्चित हुनु परेको गुनासो पनि छ ।
प्रतिक्रिया