अज्ञात रोगले विद्यार्थी बिरामी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अज्ञात रोगले विद्यार्थी बिरामी

सारांश

  • दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् ।
  • यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा –याल जस्तो पानी बग्ने गरेको छ ।

दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा –याल जस्तो पानी बग्ने गरेको छ । विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
खानेपानीका लागि त्रिपक्षीय सम्झौता
खानेपानीका लागि त्रिपक्षीय सम्झौता
हर्षोल्लासपूर्वक फागु पर्व मनाइँदै आउन न आउ खेलौँ, रङ्गीचङ्गी पर्व
हर्षोल्लासपूर्वक फागु पर्व मनाइँदै आउन न आउ खेलौँ, रङ्गीचङ्गी पर्व
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
चियाका बेर्ना उत्पादन शुरु
चियाका बेर्ना उत्पादन शुरु
१२ सिंहको घेराउको बाबजुद बच्चाको जन्म
१२ सिंहको घेराउको बाबजुद बच्चाको जन्म
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार

तपाईंले छुटाउनुभयो कि?