अझै युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
अझै युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने

सारांश

  • नगरकोट, २९ साउन ।
  • समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अबको दिन भनेको युवाको दिन भएको बताउँदै अबको दिनमा पनि युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने नेपालमा कसैले पनि सोचेको जस्तो समाजवादको परिकल्पना हुन नसक्ने बताउनुभएको छ ।
  • समाजवाद अध्ययन केन्द्रले रत्नागिरि रिसोर्ट, कलमसी, नगरकोटमा शनिवार आयोजना गरेको समाजवाद विषयक नेतृत्व विकाससम्बन्धी कार्यशालामा बोल्दै नेता गिरीले आजका युवालाई विदेश पलायन हुने बाटोभन्दा नेपालमा केही गर्ने वातावरण बनाउन सकेमा मात्र सबैले सोचेजस्तो समाजवादको परिकल्पना गर्न सक्ने बताउनुभयो ।

नगरकोट, २९ साउन । समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अबको दिन भनेको युवाको दिन भएको बताउँदै अबको दिनमा पनि युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने नेपालमा कसैले पनि सोचेको जस्तो समाजवादको परिकल्पना हुन नसक्ने बताउनुभएको छ ।

समाजवाद अध्ययन केन्द्रले रत्नागिरि रिसोर्ट, कलमसी, नगरकोटमा शनिवार आयोजना गरेको समाजवाद विषयक नेतृत्व विकाससम्बन्धी कार्यशालामा बोल्दै नेता गिरीले आजका युवालाई विदेश पलायन हुने बाटोभन्दा नेपालमा केही गर्ने वातावरण बनाउन सकेमा मात्र सबैले सोचेजस्तो समाजवादको परिकल्पना गर्न सक्ने बताउनुभयो ।

केन्द्रले आठारौँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा ‘समाजवादको विकासमा युवा भूमिका’ विषयक एकदिने कार्यशाला गरेको हो ।

यस्तै, नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको सवालमा समाजवाद कस्तो हुनुपर्छ भनेर सोच्ने दिन आएको बताउनुभयो ।

शिक्षा दिनानुदिन महँगो हुँदै जाने स्वास्थ्यको पहँुच केही सीमित वर्गका हातमा मात्र हुनु र रोजगारीका लागि विदेश पलायन हुन बाध्य गराइने हो भने कुनै पनि हालतमा समाजवादको कल्पना गर्न नसकिने पौडेलले बताउनुभयो ।

कार्यशालामा डा नारायणसिंह खत्रीले नीति बनाउने कुरामा अब पनि युवा हावी नहुने हो भने देश बन्न सयौँ वर्ष लाग्ने बताउनुभयो ।
कार्यशालामा भाषणकला तथा नेतृत्व विकाससम्बन्धी प्रस्तुति नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालले प्रस्तुति गर्नुभएको थियो ।

समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयाँलको अध्यक्षतामा भएको कार्यशालामा नेपाली काँगेसका भक्तपुर र काभ्रेका जिल्ला सभापति क्रमशः दुर्लभ थापा र मधु आचार्यले पनि समाजवादको स्वागतका लागि युवाको भूमिका गहन रहने बताउनुभएको थियो ।

कार्यक्रममा भक्तपुर तथा काभे्र जिल्लाका १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ मा रहेर समाजवादका लागि योगदान पु-याउँदै आउनुभएका ११ जनालाई सो अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
Contribution of agriculture in GDP plummeting constantly
Contribution of agriculture in GDP plummeting constantly
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के  हुन् ?
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन् ?
विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’
विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’
कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न

तपाईंले छुटाउनुभयो कि?