अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन् ।

काठमाडौं । तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन् ।

यो प्रकरणमा अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । तर उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए ।

उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेपछि आन्दोलन सुरु भएको थियो ।

अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?