अधिवक्ता पाण्डे रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
अधिवक्ता पाण्डे रिहा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन् । प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो ।

अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र यसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन् । तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

तामाङ तथा मगर समुदायका व्यक्तिबारे गलत अभिव्यक्ति दिएको भन्दै उक्त समुदायका व्यक्तिहरुले बुधबार काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेका थिए । काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?