अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे

सारांश

  • विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरेका छन्।
  • विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निर्वाचन सफल पार्नका निम्ति समर्थन गर्ने निर्णय गरेको तर, सरकारमा सहभागी हुने विषयमा कुनै सम्झौता नभएको प्रष्ट पारेका हुन्।
  • ‘चुनावको वातावरण बनाउनका लागि सरकारलाई समर्थन गरेका हौँ।

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरेका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निर्वाचन सफल पार्नका निम्ति समर्थन गर्ने निर्णय गरेको तर, सरकारमा सहभागी हुने विषयमा कुनै सम्झौता नभएको प्रष्ट पारेका हुन्।

‘चुनावको वातावरण बनाउनका लागि सरकारलाई समर्थन गरेका हौँ। तर, सरकारमा सहभागी हुने बारे तयारी छैन’, पत्रकार सम्मेलनमा थापाले भने।

उनले आफू मन्त्री बन्न लागेको भन्ने खबरको खण्डन गर्दै भने, ‘राप्रपा सरकारमा जान्छ भन्ने विषयमा भएका चर्चामा सत्यता छैन।’ थापाले सरकारमारमा जाने बारेमा पाटीमा छलफल नै नभएको समेत स्पष्ट पारेका छन्।

(https://voltagecoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?