अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
सारांश
- काठमाडौं, फागुन ६ ।
- नायक अनमोल केसीका आमा सुस्मिता केसीले छोराको फिल्ममा कटाक्ष गरेकी छिन् ।
- चलचित्र ‘कृ’को बक्स अफिस रिपोर्टलाई लिएर सुस्मिताले फेसबुकमार्फत कटाक्ष गर्दै स्ट्याटस नै पोष्ट गरेकी छिन् ।
काठमाडौं, फागुन ६ । नायक अनमोल केसीका आमा सुस्मिता केसीले छोराको फिल्ममा कटाक्ष गरेकी छिन् । चलचित्र ‘कृ’को बक्स अफिस रिपोर्टलाई लिएर सुस्मिताले फेसबुकमार्फत कटाक्ष गर्दै स्ट्याटस नै पोष्ट गरेकी छिन् ।
पूर्वपति भुवन केसीलाई सुगर ड्याडीको ट्याग भिडाउँदै फिल्मले १५० लाख नै कमाएको हो किन झुटो बोल्नुलगायतका आरोपसहित कटाक्ष गरेकी हुन् ।
सुस्मिताले लेखेको स्टाटस जस्ताको तस्तै :-
‘के नाटक गरिरा होला ? कति हाँस्नु, नाफा भएपनि कसले माग्छ , घाटा भए पनि कसले दिन्छ ? चुपचाप बसे भै हाल्यो नी !’ एक पचास जति गयो त, हामी सबलाई थाहा छ भन्दै नगएको र आएको भन्दै कसलाई उल्लु बनाको होला ? ‘टेन्सन फ्री, टेन्सन फ्री लेख्दै चल्दैछ सेकेण्ड वीकमा एटिएम सुगर ड्याडीको सुगर फ्री ।’
सुगर ड्याडी भन्ने अंग्रेजी शब्द हो जसको अर्थ बुढो उमेरको केटाले किशोरी अवस्थाको केटीसँग प्रेम गर्नु, रोमान्स गर्नु आदि बुझाउँछ । सुस्मिताले भुवन केसी र उनकी प्रेमिका जिया केसीलाई कटाक्ष गरेको बुझ्न सकिन्छ । उनले शुक्रवार राखेको स्ट्याटस शनिवार विहानै डिलिट गरिसकेकी छिन् ।
अपेक्षामा मात्र सीमित चलचित्र ‘कृ’ !
गत हप्ता मात्र प्रर्दशनमा आएको ‘कृ’ले अहिलेसम्मको सबै रेकर्ड तोड्ने अनुमान फिल्मका टिम र केही फिल्मकर्मीहरुको थियो । तर त्यो अनुमान एक हप्तामै फेल खायो । अर्थात ‘कृ’ ले साचेजस्तो व्यापार गर्न सकेन ।
पहिलो दिन ५५ प्रतिशतको अकुपेन्सि कायम गर्दै सातौं दिनसम्म आउँदा फिल्मले १४ प्रतिशत सम्मको अकुपेन्सि कायम गरेको हो । फिल्म निर्माण टिमले फिल्म ‘कृ’ ले एक हप्तामा ५ करोड बढि व्यापार गरेको दावी गरेका छन् ।
बक्स अफिस प्रक्रिया लागु भएको एक हप्ता भयो तर बक्स अफिसको आधिकारीक रिपोर्ट आउन अझै ३÷४ बर्ष कुर्नुपर्ने नेपाली फिल्मी क्षेत्रमा आफ्नो फिल्मलाई नहेपोस् भनेर व्यापार बढाएर जानकारी दिनु कुनै नौलो हैन ।
चलचित्र संघले व्यापार बढाएर रिपोर्ट गर्ने निर्माता तथा वितरकहरुलाई कार्वाही गर्ने चेतावनी दिएपनि निर्माता तथा वितरकहरुबाट त्यस किसिमको गलत रिपोर्टहरु निरन्तर आईरहेका छन् ।
फिल्म ‘कृ’ को पनि एक हप्तामा पाँच करोड बढिको रिपोर्ट फिल्मका टिम र वितरकले दिएका छन् । तर सबै शहरका मूख्य स्टेशनका हलहरु र काठमाडौंका हलहरुको स्रोत अनुसार फिल्मले एक हप्तामा ४५८ लाख मात्रै कारोवार गरेको हो ।
निर्माता तथा फिल्मका विरतकको भनाई अनुसार फिल्मले एक हप्तामा ५ करोड बढि व्यापार गरेको दावी गरेका छन् तर फिल्मले एक हप्तामा १६० लाख नेट मात्रै कमाएको हो । फिल्म ‘कृ’ केही हलमा दोस्रो हप्तामा लागिरहेको छ ।
यस्तो छ ‘कृ’ को कमाई
पहिलो दिन ९० लाख (५५ प्रतिशत अकुपेन्सि )
शनिवार १ करोड ५० लाख (९० प्रतिशत अकुपेन्सि)
आईतवार ५५ लाख (३७ प्रतिशत अकुपेन्सि)
सोमवार ३७ लाख (२७ प्रतिशत अकुपेन्सि)
मंगलवार ७० लाख (४७ प्रतिशत अकुपेन्सि)
बुधवार ३२ लाख (२१ प्रतिशत अकुपेन्सि)
विहीवार २४ लाख (१४ प्रतिशत अकुपेन्सि)
जम्मा ग्रस व्यापार ४५८ लाख
निर्माता को हातमा पर्ने १६० लाख
फिल्मको लगानी ३५० लाख
उठाउन बाँकी १९० लाख
डिजिटल राईटबाट ८० लाख
विभिन्न प्रायोजक तथा ब्रान्डिङ बाट ६५ लाख
निर्माताको हातमा सबैबाट ३०५ लाख
अझै उठाउन बाँकी रकम ४५ लाख
किन फ्लप यो ?
केही वर्षयता नेपालमा राम्रा चलचित्र पनि बने । कतिपयले नयाँ ‘ट्रेन्ड’ नै स्थापित गरे । व्यापारका हिसाबले पनि नेपाली चलचित्रमा निकै सुधार आयो । ‘छक्का पञ्जा’ले अहिलेसम्मका सबै रेकर्ड नै तोड्यो ।
नेपाली चलचित्रको यो उत्साहजनक परिदृष्यसँगै अर्को पाटो पनि छ । नेपालमा बन्ने केही चलचित्रमात्रै दर्शकले रुचाउँछन् र उत्साहजनक व्यापार गर्छन् । अधिकांश चलचित्र त ‘फ्लप’ नै हुन्छन् ।
नेपालमा अपेक्षाअनुसार किन राम्रा चलचित्र बनिरहेका छैनन् त ? किन औंलामा गन्न सकिने चलचित्रमात्रै सफल हुन्छन् ? यसमा कसैले बजेट अभावलाई कारक ठान्छन् त कसैले कमजोर स्क्रिप्टलाई अनि कसैले चाहिँ प्रविधिलाई ।
पछिल्लो समय सबैले अपेक्षा गरेको चलचित्र ‘कृ’ किन फ्लप भयो यो सबैलाई चासोको विषय बनेको छ । ‘कृ’ सोचेअनुसार व्यापार गर्न नसकेपछि यहाँ अनेकौ अड्कलबाजी सुरु भएको छ ।
सुस्मिताको यो स्ट्याटसले के प्रष्ट पार्छ भने – फिल्म सेटमा प्रवेश गरिसकेपछि केटी च्यापेर बस्ने होइन फिल्म निर्माणमा ध्यान दिनपथ्र्यो । यो भनाई नायक भुवन केसीप्रति हो । स्कटल्याण्डमा जिया केसीलाई बोकेर नगई फिल्मको राम्रो टिम लिएर गएको भए चलचित्र ‘कृ’ को लभ सङ झनै राम्रो बन्ने थियो । उनले जिया केसी च्यापेर बसे, सुटिङमा ध्यान नदिएकाले चलचित्र ‘कृ’ फ्लप भएको सुस्मिताको स्ट्याटसले इंगित गर्दछ ।
के भन्छन् चलचित्र ‘कृ’ फ्लप हुनुबारे ?
‘चलचित्र भनेको टिम वर्क हो । यो एक्लैले गर्ने काम हैन,’ निर्देशक भोमन कट्वाल भन्छन्, ‘हामीलाई स्क्रिप्ट ५० हजारमै चाहिन्छ, एक लाखमै चाहिन्छ, १० लाख रुपैयाँ लगानी गर्न किन सक्तैनौं ?’ स्क्रिप्ट नराम्रो भएपछि मात्रै भिजुअल र सेट राम्रो बनाउनतर्फ ध्यान दिने गरेको कट्वालको भनाइ छ ।
‘यहाँ भिजुअलमा एक करोड खर्च गर्न मान्छे तयार छ, तर त्यही व्यक्तिलाई स्क्रिप्ट ५० हजारमा चाहिन्छ,’ निर्देशक कट्वालले भने, ‘स्क्रिप्टमा लगानी गरेपछि मात्रै भिजुअलले पूर्ण रूप पाउँछ भन्ने कुरा पहिले बुझ्नुपर्छ ।’
यस्तै हास्यकलाकार सागर लम्साल ‘बले’ भने कसैलाई दोष लगाउँदैनन् । उनी अपेक्षा गरेअनुसार नेपाली चलचित्र बन्न नसक्नुमा निर्देशकीय क्षमता नै मुख्य कारक रहेको बताउँछन् ।
त्यस्तै चलचित्र ‘कृ’ हेरेका कपन निवासी मनिषा त्रिपाठी भने फरक विचार राख्छिन् । त्रिपाठीको विचारमा सीमित स्रोतसाधनमा बनाउनुपरेका कारण सोचेजस्तो चलचित्रले व्यापार गर्न नसकेको हो ।
प्रतिक्रिया