अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर

सारांश

  • असोज ।
  • महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्रा्ष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए ।
  • नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता समेत रहेका महरा महिलासँग जोडिएको संवेदनशील विषयका अभियुक्त हुनुले अन्तर्रा्ष्ट्रि मिडियाले कम्युनिष्ट पार्टीसँग जोडेर समाचार पस्किएका छन् ।

असोज । महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्रा्ष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता समेत रहेका महरा महिलासँग जोडिएको संवेदनशील विषयका अभियुक्त हुनुले अन्तर्रा्ष्ट्रि मिडियाले कम्युनिष्ट पार्टीसँग जोडेर समाचार पस्किएका छन् ।

अल जजिराले महरालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य भनेको छ । उसले लेखेको छ, ‘महरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य र पूर्व माओवादी विद्रोही हुन् ।’ बीबीसीको अनलाइन संस्करणले महरा पक्राउ परेको समाचार प्रकाशित गर्यो । उसले महरालाई पूर्व माओवादी नेता भनेको छ । उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजीनामाका लागि दबाब दिएको उल्लेख छ । उसले नेपालमा वरिष्ठ राजनीतिज्ञको यौन दुव्र्यवहारमा पक्राउ सायदै भएको समेत भनेको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले महरा पक्राउ परेको विषय प्रकाशित गरेको छ । महरालाई कारबाही गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले शुरुमा मौनता साँधेको समेत उसले लेखेको छ । भारतीय टेलिभिजन एनडीटीभीले महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भन्दै उनलाई पक्राउ गर्न सत्तारुढ दलमाथि दबाब बढेको उल्लेख गरेको छ । महरा पूर्व विद्रोही माओवादी नेता भएको भन्दै उनीमाथि गम्भीर अभियोग लागेपछि पक्राउ गरिएको समाचार एनडीटीभीले प्रशारण गरेको छ ।

एपीएफले पनि महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भनेको छ । उसले उनलाई पूर्व माओवादी विद्रोही भएको र महिलालाई दुव्र्यवहार गरेपछि पक्राउ गरेको लेखेको छ । यही समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।

समाचार एजेन्सी पीटीआईले महरा यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेको लेखेको छ । उसले लेखेको छ, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा पहिलोपटक हाइप्रोफाइल नेता बलात्कारको घटनामा पक्राउ परेका छन् ।’ उसले महरालाई राजीनामा गराउन उनकै दल नेपाल कम्युनिष्ट पार्टीले बैठक बसी निर्णय समेत लिएको उल्लेख गरेको छ । यो समाचारलाई द हिन्दुलगायत भारतका संचारमाध्यमले समेत प्रकाशन गरेका छन् ।

१७ असोजमा संयुक्त राष्ट्रसंघसहित छ वटा पश्चिमा देशका नियोगहरुले संयुक्त विज्ञप्ति जारी गरी नेपालमा महिला हिंसाप्रति चासो व्यक्त गर्दै सरकारलाई यसविरुद्ध कदम चाल्न ध्यानाकर्षण गराएका थिए । महरा प्रकरणतर्फ संकेत गर्दै चासो व्यक्त गर्नुले यो घटनामा अन्तर्रा्ष्ट्रिय समुदायको समेत चासो देखियो । सत्तारुढ दलभित्रका वरिष्ठ नेता महिला हिंसासँग जोडिएको घटनामा मुछिनुले अन्तर्रा्ष्ट्रिय समुदायमा पार्टीको प्रतिष्ठामा आँच पुग्नेबारे समेत नेकपाभित्र छलफल भएको बुझिएको छ । महराले राजीनामा नदिदै नेकपाका केही प्रभावशाली नेताहरुले यसबारे चासो देखाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण
लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण

तपाईंले छुटाउनुभयो कि?