अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए

सारांश

  • काबुल, २८ पुस  ।
  • अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ ।
  • ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।

काबुल, २८ पुस  । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ ।

‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।

गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ ।

पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको पनि समाचारमा जनाइएको छ ।

सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ ।

एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्नेे धम्की र चेतावनी जस्ता १६९ वटा घटना पनि दर्ता भएका थिए ।

एजेएससीद्वारा जारी विज्ञप्तिकाअनुसार सन् २०१७ मा तालिबान र इस्लामिस्ट स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २० सञ्चारकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ ।

एजेएससीका प्रमुख नाजिब सरिफले भन्नुभएको छ– अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको बताउनुभयो ।

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न आक्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । त्यसको तुलनामा गत वर्ष पत्रकारहरुमाथि ठूलो हिंसा भएको हो ।

यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
ओलीको सपथ ग्रहणमा नरेन्द्र मोदी आउने: यस्तो छ सम्भावना
ओलीको सपथ ग्रहणमा नरेन्द्र मोदी आउने: यस्तो छ सम्भावना
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे सपथ लिने
राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे सपथ लिने
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा

तपाईंले छुटाउनुभयो कि?