अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष

सारांश

  • कालिकोट, १४ कात्तिक ।
  • जिल्लाका एक जनप्रतिनिधिले सरकारी कार्यालय हुँदाहुँदै आफ्नै घरबाटै प्रशासनिक कामकाज संचालन गर्दै आएका छन् ।
  • सरकारी सेवाको लागि सर्वसाधारणले उनको घर धाउनु पर्ने बाध्य भएका छन् ।

कालिकोट, १४ कात्तिक । जिल्लाका एक जनप्रतिनिधिले सरकारी कार्यालय हुँदाहुँदै आफ्नै घरबाटै प्रशासनिक कामकाज संचालन गर्दै आएका छन् । सरकारी सेवाको लागि सर्वसाधारणले उनको घर धाउनु पर्ने बाध्य भएका छन् । कालीकोटको पचाल(झरना गाउँपालिका वार्ड नम्बर– ९ (कोटीला तिखार्ती) को वडा कार्यालय २०७४ असोज १० गते उद्घाटन गरिएको थियो । जिल्ला समन्वय समिति सदस्य ऐना शाही र गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले कार्यालय उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटनमा स्थानीयबासीको पनि सहभागीता थियो । तर, सरकारी कार्यालय हुँदाहुँदै वडाअध्यक्ष जोरे तिरुवाले घरबाटै प्रशासनिक कार्य संचालन गरिरहेका छन् । सरकारी कार्यालय उद्घाटन भएको केही समयभित्रै विवाद सिर्जना गरी तिरुवाले हुकुमी शैलीमा आफ्नै घरमै कार्यालय राखेका छन् ।सरकारी कार्यालय हुँदाहुँदै वडाअध्यक्ष तिरुवाले आफु्नै घरबाट कार्यालय संचालन गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् । तर, स्थानीयले गाउँपालिका अध्यक्ष सेजुवालको निरीहताकै कारण आफूहरुले सास्ती भोग्दै आएको सर्वसधारणको आरोप छ ।

वडाबाट दिने सरकारी कामको लागि सर्वसाधारणलाई तिरुवाले आफ्नै घरमा २४ घण्टासम्म कुराउने गरेको सर्वसाधारणको गुनासो छ । उनले पहिले आफ्नो नीजि काम सकेर मात्रै सर्वसाधारणलाई सरकारले दिने सेवाका काम गर्दै आएका छन् । एक सेवाग्राहीका अनुसार दिनभरी कुराएर तिरुवा आफ्नो निजी काम गर्न जाने गरेका छन् । सेवा लिन गएका सर्वसाधारण दिनभरी कुरेर पनि साँझ खाली हात घर फर्कन बाध्य छन् । पटकपटक गुनासो राख्दा पनि गाउँपालिकाले समेत कुरा नसुनेको सर्वसाधारणको आरोप छ । उनीहरुले यस्तै कार्य जारी रहे आफूले वडाअध्यक्ष तिरुवालाई बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल
छानविन समितिको कार्यशैलीबाट प्रम ओली असन्तुष्ट
छानविन समितिको कार्यशैलीबाट प्रम ओली असन्तुष्ट
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
डीपीएल भिडन्त : काठमाडौंको तेस्रो जित
डीपीएल भिडन्त : काठमाडौंको तेस्रो जित
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?

तपाईंले छुटाउनुभयो कि?