अबको प्रधानमन्त्री मै हुँ: शशांक कोइराला

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०७४
|
७
|
४७ पटक हेरिएको
Shares

सारांश

  • ११ मंसिर, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका महामन्त्री शशांककोइरालाले यस पटकको चुनावमा  पनि कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्।
  • रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताए।

११ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री शशांककोइरालाले यस पटकको चुनावमा  पनि कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताए।

यस पटकको चुनावमाकांग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीभित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे।

पार्टीभित्र एकताको सन्देश गएकाले पनि कांग्रेसका उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्न सक्ने बताए।

उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढी रहेको बताएका छन् ।

प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पुर्‌याएर प्रधानमन्त्रीको बन्ने भन्ने टुङ्गो लगाइने बताए।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवार रहेका कोइरालाले जिल्लाको विकासकालागि प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ।

उनले जिल्लामा अन्तर्राष्ट्रिय रंगशालाबनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Bharat Lama

    Xoro paune kahile kahile bhoto siune ahile

    Comment Author

    Suraj Silwal

    Deuba bhanchhan jyotishle 7patak pm hunuhola bhanekachhan.sasank bhanchhan abako pm mai ho.ke cogresh jityo bhane yo deshma aba dekhi 2,jana pm hunchhaki kya ho.

    Comment Author

    Gautam Ramsharan

    सपनामा कि

    Comment Author

    Devendra Mishra

    एस्लाई पनि जोतिसीले भनेकि क्याहो

    Comment Author

    Rajan Raj Sutar Karki

    अब 50बर्ष पछि मात्र ल

    Comment Author

    Leela Khatiwada

    Aba congress ko sarkar banyo vane ser bahadur hunu hunna sasanka hunu parxa

    Comment Author

    Kailash Jha

    नेतैपिच्छे अबकाे प्रम मै भन्ने कि बहुमतका लागि कम्मर कस्ने ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?