अबको ६ दिनमा नयाँ राष्ट्रपति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
५७ पटक हेरिएको
Shares
अबको ६ दिनमा नयाँ राष्ट्रपति

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् ।
  • अबको ६ दिनपछि अर्थात् २५ फागुनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ।

काठमाडौं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् । अबको ६ दिनपछि अर्थात् २५ फागुनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ।

पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङसँग हुनेछ । पौडेलले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३२ तथा प्रदेशसभाका ५ सय ५० सांसदलाई पत्राचार गर्दै राष्ट्रपति पदमा आफूलाई मत दिन आग्रह गरेका हुन् । पौडेलले आफ्नो लेटरप्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर राष्ट्रपति निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको उनका प्रेस सहयोगी खिला कार्कीले जानकारी दिए ।

‘संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई राष्ट्रपतिका उम्मेदवार पौडेलले पत्राचार गर्नुभएको छ, पत्रमा उहाँले आफूलाई मत दिन सांसदहरूसँग आग्रह गर्नुभएको छ,’ पौडेलका प्रेस सहयोगी कार्कीले भने।

पत्रमा उनले आफूले नेपालका सबै मानिसको नैसर्गिक अधिकारका लागि संघर्ष गरेको तथा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गर्दा आधा समय जेलमा बिताएको उल्लेख गरेका छन्।

पौडेलले सांसदलाई पठाएको पत्रमा सत्तामा हुँदा आफू कहीँकतै नचुकेको पनि जिकिर गरेका छन् । ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि संघर्षको बेडा उठाउँदै आएँ, फलतः निर्दलीय निरंकुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ, बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनमा पनि कहीँकतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताका लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोशिस गर्दै आएको छु,’ आठ दलीय गठबन्धनका तर्फबाट राष्टपतिको उम्मेदवार बनेका पौडेलले सांसदलाई पठाएको पत्रमा भनिएको छ ।

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको समेत पत्रमा उल्लेख गरेका छन् ।

‘म नेपालको वास्तविकतामा आधारित विकासको नमुना (मोडेल) अपनाउनुपर्छ भन्ने ठान्छु, बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइँ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँगाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु’, उनले भनेका छन्, ‘राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘ निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु ।’

पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास रहेको पत्रमा उल्लेख गरेका छन् । ‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारको रूपमा उपस्थित छु, उनले भनेका पत्रमा भनेका छन्, ‘नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।

एमाले उम्मेदवार नेम्वाङको घरदैलो

एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले पनि आफ्नो पक्षमा माहोल बनाउनेगरी अभियान तीव्र पारेका छन् । नेम्वाङले बिहीबार विभिन्न राजनीतिक दलका नेतालाई भेट गरी निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोही क्रममा उनले एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका प्रमुख नेतालाई भेट गरी राष्ट्रपति निर्वाचनमा पूर्णरूपमा सहयोग गर्न आग्रह गरे । नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतालाई भेट गरी निर्वाचनमा सघाउन आग्रह गरेका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि उनले भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेतासहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।

नेम्वाङ एमाले नेता पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरेलगायतका नेतासहित, एकीकृत समाजवादी, रास्वपा र राप्रपा कार्यालयमा पुगेका थिए ।

एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ
कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिको निर्देशन !
तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिको निर्देशन !

तपाईंले छुटाउनुभयो कि?