अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते

सारांश

  • अभिनेत्री श्वेता खड्काले विहे गर्ने भएकी छन् ।
  • यही मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।
  • उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।

अभिनेत्री श्वेता खड्काले विहे गर्ने भएकी छन् । यही मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्। ’कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २(७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?