अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन ६, २०७५
|
|
५० पटक हेरिएको
Shares
अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु

सारांश

  • काठमाडौं ।
  • अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ ।
  • गोली लागि अर्का एकजना नेपाली घाइते भएका छन्।

काठमाडौं । अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ । गोली लागि अर्का एकजना नेपाली घाइते भएका छन्।

अमेरिकाको बाल्टिमोरदेखि उत्तरपूर्व एबरडिन राइट एड नामक औषधि पसलमा गोली चलेको हो । गोली लागी पर्वत माइती भई कास्की घर भई हाल बाल्टीमोर बस्दै आएकी वृन्दा गिरीको मृत्यु भएको हो। अर्का नेपाली ४५ वर्षे गोविन्द आचार्य घाइते भएका छन्। गोली लागी मृत्यु भएकी ४१ बर्षीया गिरीले त्यस कम्पनीमा काम शुरु गरेको जम्मा तीनसाता मात्रै भएको थियो ।

घाइते आचार्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको त्यहाँ रहेका एक नेपाली पत्रकारले जनाएका छन् ।

गत अप्रिलमा नेपाल पुगेकी गिरीका श्रीमान विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । मृतक गिरीका छोराछोरी सहित परिवार नै अमेरिका बस्दै आएका थिए । गिरी ५ महिना अघि मात्रै अमेरिका पुगेकी थिइन् ।

औषधि पसलमा संगै काम गर्ने एक महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्यारा गरी आफैलाईसमेत गोली हानेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
महानगरले मजदूरमैत्री नीति ल्याउने
महानगरले मजदूरमैत्री नीति ल्याउने
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य
पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’

तपाईंले छुटाउनुभयो कि?