अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी

सारांश

  • तेहरान, इरान, २९ साउन  अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ ।
  • इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ ।
  • खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमुल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन थप्ने काम गरेको छ ।

तेहरान, इरान, २९ साउन  अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ ।इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ ।खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमुल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन थप्ने काम गरेको छ ।

अमेरिकाले सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने र पुनः प्रतिबन्ध लगाउने घोषणापछि इरानले अमेरिकी राष्ट्रपतिद्वारा प्रस्ताव गरेको नयाँ वार्तालाई अस्वीकार गर्ने निश्चित प्राय देखिएको छ ।प्रतिबन्धबाहेक उनीहरूले युद्ध र वार्ताको कुराहरू गरिरहेका छन् । यसबारे उनीहरूलाई आफ्नो ट्वीटर पेजमार्फत मैले केही भन्नुछ, “अहिलेको अवस्थामा अमेरिकासँग नत युद्ध हुन्छ न वार्ता नै “।

इरानले नयाँ पुस्ताको छोटो दुरीको क्षेप्यास्त्रको प्रदर्शन गर्दै इरानले देशको क्षेप्यास्त्र क्षमतालाई वृद्धि गरी अघि बढ्ने रक्षामन्त्री अमिर हतामीले गरेको प्रतिवद्धताप्रति पनि खामेनीले विरोध जनाउनुभएको छ ।इरानको राज्य सञ्चालित टेलिभिजन आइआरआइबीले नयाँ पुस्ताको फातेह मोविन नामक क्षेप्यास्त्रको हालै सफल परीक्षण गरिएको छ । फातेह मोविनले जमिन र समूद्रमा प्रहार गर्न सक्छ ।संस्थापन पक्षका उच्च तहको नेतृत्वसहित कैयौँ इरानीहरूको बुझाइमा अमेरिकाद्वारा इरानविरुद्ध गरेको आर्थिक प्रतिवन्धले इरानको समस्यालाई केही हदसम्म प्रभावित पारेको भएपनि देशमा व्याप्त भ्रष्टाचार तथा गलत राजनीतिक एवम् आर्थिक व्यवस्थापन प्रमुख समस्या हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट
भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजारभन्दा बढी मतले अगाडि
गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजारभन्दा बढी मतले अगाडि
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड

तपाईंले छुटाउनुभयो कि?