अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १२, २०७९
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

सारांश

  • काठमाडौं।
  • अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन्।
  • उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्।

काठमाडौं। अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन्। उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन्।

ट्रडो भ्रमणबारे अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ। पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ। उनले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्ने? भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्नेछिन्।

‘नेपालमा एमसीसी परियोजना विषयमा चीनले भ्रमपूर्ण सूचना फैलाएको भन्दै अमेरिकाले आरोप लगाएको थियो। तर, एमसीसी विषयमा चीनलाई जोड्नु गलत हुने भन्दै स्वतन्त्र देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भनी टिप्पणी गरेको थियो। उनले नेपालमा रहँदा रुस र चीनले विश्वमा कसरी भ्रमपूर्ण र मिथ्या सूचना जारी गरिरहेका छन् भन्नेबारे धारणा राख्ने छिन्।

यसअघि, गत ३० असारमा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियान सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
कपिलवस्तुमा वृद्धको हत्या
कपिलवस्तुमा वृद्धको हत्या
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !
मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !
मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ को मृत्यु
मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ को मृत्यु
साउन २९ गते बुधबारको राशिफल यस्तो छ
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’