अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा

सारांश

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ ।
  • उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ ।
  • पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ ।

उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ । पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ । उच्च अदालतले सोमवार यो विषयमा निर्णय सुनाउने भएको छ । अदालतले शनिवार उक्त मुद्दामा सुनुवाइ गर्न स्वीकार गरेको थियो ।

उजुरीमा पाकिस्तानी संविधानको धारा ६२ र ६३ को उल्लंघन भएको र यसैकारण उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएको घोषणा गर्न माग गरिएको छ । पाकिस्तानी संविधानअनुसार संसद् सदस्य बन्नका लागि इमानदार र असल हुन आवश्यक छ । आफूलाई त्यसो सिद्ध गर्न नसके पदमुक्त हुने कानूनी व्यवस्था छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानले सन् २०१८ को आमनिर्वाचनका बेला नामांकन पत्रमा आफ्नी छोरी टायरियन जेड खान ह्वाइटका बारेमा जानकारी दिएका थिएनन् । टायरियन इमरानकी पूर्वपत्नी ऐना लुसिया ह्वाइटतर्फकी छोरी हुन् । टायरियन इमरान खानकी छोरी भएको बताइन्छ । डनको समाचारअनुसार उजुरीमा भनिएको छ, ‘इमरान खानले आफ्नो मनोनयन दर्ता गराउँदा आफू आ िश्रत परिवारजनमा ह्वाइटको उल्लेख गरेका थिएनन् ।

यसरी संविधानको धारा ६२ र ६३ अनुसार उनी योग्य र इमानदार व्यक्ति होइनन् । यसैले इमरानलाई अयोग्य घोषित गरियोस् ।’ यसअघि जनवरीमा इस्लामाबाद उच्च अदालतमा परेको यस्तै मुद्दा अदालतले खारेज गरेको थियो । त्यतिखेर अदालतले यो व्यक्तिगत मामिला भएको भन्दै यसमा सुनुवाइ गर्न नमिल्ने बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल
१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान
बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान
राष्ट्रपति-राजपा नेता भेट !
राष्ट्रपति-राजपा नेता भेट !
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

तपाईंले छुटाउनुभयो कि?