अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना, ७ को अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना,  ७ को अवस्था गम्भीर

सारांश

  • बिष्णु कुमार आले, अर्घाखाँची, १६ असोज  ।
  • गोरूसिङगे सन्धिखर्क सडक खण्डको सितगंगा नगरपालिका –२ भुवनपाटा फलाचौरको मोडमा मलामी बोकेर फर्कदै गरेको जीप मंगलबार बिहान दुर्घटना हुदाँ एकै गाँउका १३ जना घाइते भएका छन्।
  • नवलपरासी जिल्लाको त्रिवेणीमा सवको अन्यष्टी गरि अर्घाखाँचीको मालारानी गाउँपालीका हंसपुर – ६ तर्फ जादै गरेको लु १ ज २३६९ नम्वरको सवारी जिप दुर्घटना हुदा अर्घाखाँची मालारानी ६ हंशपुर रतनमारेका ४३ बर्षिय नर बहादुर पुन ,सोहि ठाँउका ५४ बर्षिय टिका बहादुर पुन , ३५ बर्षिय ज्ञान बहादुर पुन,४२ बर्षिय यज्ञ बहादुर पुन,२४ बर्षिय भबिश पुन,२८ बर्षिय बालकृष्ण शाह, २९ बर्षिय अर्जुन पुन, २३ बर्षिय नारायण अधिकारी घाईते भएका छन् ।

बिष्णु कुमार आले, अर्घाखाँची, १६ असोज  । गोरूसिङगे सन्धिखर्क सडक खण्डको सितगंगा नगरपालिका –२ भुवनपाटा फलाचौरको मोडमा मलामी बोकेर फर्कदै गरेको जीप मंगलबार बिहान दुर्घटना हुदाँ एकै गाँउका १३ जना घाइते भएका छन्। नवलपरासी जिल्लाको त्रिवेणीमा सवको अन्यष्टी गरि अर्घाखाँचीको मालारानी गाउँपालीका हंसपुर – ६ तर्फ जादै गरेको लु १ ज २३६९ नम्वरको सवारी जिप दुर्घटना हुदा अर्घाखाँची मालारानी ६ हंशपुर रतनमारेका ४३ बर्षिय नर बहादुर पुन ,सोहि ठाँउका ५४ बर्षिय टिका बहादुर पुन , ३५ बर्षिय ज्ञान बहादुर पुन,४२ बर्षिय यज्ञ बहादुर पुन,२४ बर्षिय भबिश पुन,२८ बर्षिय बालकृष्ण शाह, २९ बर्षिय अर्जुन पुन, २३ बर्षिय नारायण अधिकारी घाईते भएका छन् ।

यस्तै मालारानी ५ का २३ बर्षिय बिशाल बस्नेत ,४५ बर्षिय शिव बहादुर घर्तिमगर , ४८ बर्षिय उदय पुन , ४८ बर्षिय बम बहादुर पुन र २७ बर्षिय सुरेश पुन घाईते भएका छन् । घाईते मध्ये बाल कृष्ण शाह , बिशाल बस्नेत, बम बहादुर पुन, यज्ञ बहादुर पुन, उदय पुन,टिकाराम पुन र नर बहादुर पुनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । उनिहरूको बुटवल अन्चल अस्पतालमा उपचार भैरहेको छ । लामो समय अनिन्द्रा रहेका चालक रातको समयमा गाडि चलाउदा सुतेपछी गाडि दुर्घटना भएको घाईतेले बताए ।

सडक बाट जिप करिब २ सय ५० मिटर तल खसेकाे हाे । दुर्घटना भएको थाहा पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानिय बासीन्दा घटनास्थलमा पुगेर उद्दार गरेका थिए । यस्तै सोहि दुर्घटनामा आफन्त परेको थाहा पाएपछी अर्घाखाँची मालारानी ६ बाट घटना स्थलमा उद्दार गर्न आउदै गरेको लु ३९ प ६४३ नम्बरको मोटरसाईकल बिपरित दिशा बाट जादै गरेको बा २ झ २१३६ नम्बरको स्कारपियो पिकअप सँग घटनास्थल नजिकै एक आपसमा ठोक्किदा सोहि अर्घाखाँची मालारानी ६ का ३६ बर्षिय मोटरसाईकल चालक हिरा सिंह घर्तिमगर र सोहि ठाँउका पछाडी सवार गरेका हुम बहदुर पुन (बले) गम्भिर घाईते भएका छन् ।

घाईते मध्ये हुम बहादुर पुनलाई थप उपचारका लागी बुटवल ल्याईएको छ भने चालक हिरा सिङको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा
पुष्पकमलले किन सम्झिए पृथ्वीनारायण शाहलाई ?
पुष्पकमलले किन सम्झिए पृथ्वीनारायण शाहलाई ?
आज १९ सय ४८ कोरोना संक्रमित थपिए
आज १९ सय ४८ कोरोना संक्रमित थपिए
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
प्रचण्डले  माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई
प्रचण्डले माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?