अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ५, २०७७
|
|
५४ पटक हेरिएको
Shares
अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

सारांश

  • आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।
  • भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।
  • सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन ।

आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन ।

गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उहाँको भनाइ छ ।

मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
जीर्ण भवनमा कैदीबन्दी
जीर्ण भवनमा कैदीबन्दी
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
अमुल्य सम्पदा कसरी नष्ट गर्दैछ बाँदरले ?
अमुल्य सम्पदा कसरी नष्ट गर्दैछ बाँदरले ?
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सोलुखुम्बुमा,  चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा
सोलुखुम्बुमा, चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा

तपाईंले छुटाउनुभयो कि?